बिर्तामोड, भदौ : बिर्तामोड नगर अस्पताल को प्रशासन प्रमुखमा टिका अधिकारीको नियुक्ति भएको छ।
मङ्गलबार एक कार्यक्रमका बीच बिर्तामोड १ का सचिव टीका अधिकारीलाई नगर अस्पतालमा नियुक्ति गरिएको हो।
नगर अस्पतालमा नियुक्ति पाएका बिर्तामोड नगरपालिका वडा नम्बर १ बाट वडासचिब टिका अधिकारीलाई बिर्तामोड १ले सम्मानसहित बिदाई गरेको छ।
मंगलबार। वडा कार्यालयमा आज आयोजित स्वागत, सम्मान तथा विदाई कार्यक्रमका विच वडासचिव अधिकारीलाई विदाई गरिएको हो ।

वडासचिब अधिकारीको बिर्तामोड नगरअस्पतालमा प्रशासन प्रमुखमा सरुवा भए पछि अस्पतालमा केही नयाँपन आउने आशा देखिएको हो । यस्तै वडा नम्बर १ मा वडासचिबमा जानुका बस्नेतले जिम्मेवारी प्राप्त गर्नु भएको छ । बस्नेत एक महिना अघि अर्जुनधारा नगरपालिकाबाट सरुवा भएर बिर्तामोड आउनु भएको हो । उहाँलाई जनप्रतिनिधि तथा बिभिन्न टोलविकास संस्थाका प्रतिनिधिहरुले फूलमालाले स्वागत गरेका छन् ।

यसैबीच उत्कृष्ठ कर्मचारीलाई सम्मान गरिएको छ । वडाकी कम्प्युटर अपरेटर डिना काफ्लेलाई वर्ष उत्कृष्ठ कर्मचारीकारुपमा नगदसहित सम्मान गरिएको हो । अपरेटर शर्मालाई वडाअध्यक्ष अग्निप्रसाद पाण्डेले ५ हजार रुपैयाँसहित सम्मान पत्र प्रदान गर्नु भयो ।

कार्यक्रममा वडाबाट नगरअस्पताल सरुवा हुनु भएकी अधिकारीलाई वडाअध्यक्ष पाण्डेसहित जनप्रतिनिधि तथा कर्मचारीको तर्फबाट प्रशंसा पत्रसंगै मायाको चिनो प्रदान गरिएको थियो ।

वडा सदस्य योगचन्द्र आङ्वोहाङ्गले स्वागत गरेको कार्यक्रममा नेकपा एमालेका सुनिल शिवाकोटी, नेपाली कांग्रेसकी तिलरुपा श्रेष्ठ, राष्ट्रिय स्वतन्त्र पार्टीका वालकृष्ण निरौला, राप्रपाका जनक खड्का, विभिन्न संघ संस्थाका तर्फबाट भोजकुमारी खनाल, ओमनाथ अधिकारी , डिल्लीमाया आचार्य, निबर्तमान वडासदस्य प्रेमकुमार खरेल लगायतले बोल्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *