श्रीमतीसँग अनमेल पछि सीके राउतले गरे सम्बन्ध विच्छेदको मुद्दा दायर

जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउत (सीके)ले आफ्नी श्रीमतीसँग सम्बन्ध विच्छेदको मुद्दा दायर गर्नुभएको छ । स्रोतकाअनुसार राउतले दुई हप्ता अघि ललितपुर जिल्ला अदालतमा श्रीमती सोनी सिन्धु रानीसँग सम्बन्ध विच्छेदका लागि मुद्दा दर्ता गराउनुभएको हो ।

सिन्धु रानी भारतीय नागरिक हुनुहुन्छ । उहाँका दुई छोरी र एक छोरा छन् ।

राउतले फिरादपत्रमा सम्बन्ध विच्छेदको कारणसमेत खुलाउनुभएको छ । अदालत स्रोतकाअनुसार राउतले दायर गर्नुभएको मुद्दामा श्रीमती सिन्धु रानी घरमा नबस्ने र माइत मात्र जाने गरेको उल्लेख गरिएको छ ।

सप्तरी क्षेत्र नम्बर २ बाट निर्वाचित ४७ वर्षीय सांसद राउतले मुद्दाको शीर्षक ‘अंश सम्बन्ध विच्छेद’ उल्लेख गर्नुभएको छ । यसको अर्थ अंश दिएर वैवाहिक सम्बन्ध अन्त्य गर्न चाहेको भन्ने हुन्छ ।

राउतले आफ्नो निवेदनमा श्रीमती आफूलाई छोडेर माइतमा बस्ने गरेको, सँगै बस्न नमानेको र घरपरिवार तथा बच्चाहरूको रेखदेख नगरेको उल्लेख गर्नुभएको छ । यी कारणहरूले गर्दा उहाँले अंश दिएर सम्बन्ध विच्छेद गर्न चाहेको जनाउनुभएको छ ।dainiknepal

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array