प्रदेश १ को मुख्य मन्त्री मा एमालेका हिक्मत कार्किको सम्भावना बलियो

0
SHARES
129
VIEWS

प्रदेश १ को सबै मतपरिणाम आएसँग प्रदेश-१ मा सरकार गठनको चर्चा सुरु भएको छ । यो प्रदेशमा नेकपा एमाले पहिलो पार्टी बनेको छ । उसले प्रत्यक्षतर्फ २५ सिट जितिसकेको छ ।

प्रदेश-१ को दोस्रो ठूलो दल बनेको नेपाली कांग्रेसले १७ सिट जितेको छ भने ९ क्षेत्रमा जित निकालेको माओवादी केन्द्र तेस्रो पार्टी बनेको छ । यस्तै, ३ क्षेत्रमा जितसहित एकीकृत समाजवादी चौथो र २ क्षेत्रमा जित निकालेको राप्रपा पाँचौं स्थानमा छ ।

प्रदेश सभामा कुल ९३ सांसदमध्ये ५६ सांसद प्रत्यक्षतर्फ निर्वाचित हुने र ३७ सांसद समानुपातिक प्रणालीबाट निर्वाचित हुने व्यवस्था छ ।

शुक्रबार बेलुका ८ बजेसम्म मतगणना अनुसार प्रदेश-१ मा नेकपा एमाले ६ लाख ६५ हजार बढी मतसहित पहिलो, ५ लाख ६२ हजार बढी मतसहित सहित कांग्रेस दोस्रो, १ लाख ९८ हजार मतसहित राप्रपा तेस्रो, १ लाख ८१ हजास बढी मतसहित माओवादी केन्द्र चौथो, ६१ हजार मतसहित जसपा पाँचौं र ५६ हजार मतसहित एकीकृत समाजवादी छैटौं स्थानमा छन् ।

उक्त मतलाई विश्लेषण गर्ने हो भने एमालेले समानुपातिकतर्फ कुल ३७ सांसद मध्ये १२ देखि १४ पाउने देखिन्छ । प्रत्यक्षतर्फ प्राप्त सिटसहित एमाले ४० वरिपरिको सांसद संख्या सहित ठूलो पार्टी बन्ने देखिन्छ ।

समानुपातिकमा कांग्रेसले ८ देखि १० सिट, माओवादी केन्द्र र राप्रपाले समान ४-४ सिट पाउने देखिन्छ भने जसपाले २ र एकीकृत समाजवादीले १ सिट पाउन सक्छन् ।

समग्र प्रणालीबाट प्राप्त सिट संख्यालाई योग गर्ने हो भने प्रदेश सभामा कांग्रेसका २७ सांसद, माओवादीका १४ सांसद, राप्रपाको ६ सांसद, एकीकृत समाजवादीका ४ देखि ५ र जसपाका २ सांसद हुन सक्ने आंकलन गर्न सकिन्छ ।

उक्त सांसद संख्यालाई हेर्ने हो भने प्रदेश-१ मा गठबन्धन सरकार बनाउन निकै सकस देखिन्छ । सत्ता-गठबन्धलाई ४७ सांसद सहितको आवश्यक बहुमत पुर्‍याउन निकै कठिन देखिन्छ । सत्ता गठबन्धनलाई नयाँ सरकार बनाउन २ देखि ४ सिटले नपुग्न सक्छ । जसपालाई सत्ता गठबन्धनमै फर्काउन सके भने मात्रै सम्भव देखिन्छ ।

यता, एमाले नेतृत्वमा राप्रपा र जसपा गठबन्धन कायम रहेमा भने झिनो बहुमत भने पुग्ने देखिन्छ । यसकारण प्रदेश-१ मा एमाले नेतृत्वमा सरकार गठन हुने सम्भावना देखिन्छ ।

को बन्लान् मुख्यमन्त्री ?

योसँगै प्रदेश-१ को मुख्यमन्त्री को बन्लान् भन्ने चासो बढेको छ । मुख्यमन्त्रीको आंकक्षीमा नेपाली कांग्रेसबाट केदार कार्की, अमृत अर्याल र उद्धव थापा छन् ।

नेकपा एमालेबाट प्रदेशका पूर्वमन्त्रीहरू हिक्मत कार्की र तिलकुमार मेन्याङ्बोलाई मुख्यमन्त्रीको दाबेदारको रूपमा हेरिएको छ । एकीकृत समाजवादीका वर्तमान मुख्यमन्त्री राजेन्द्रकुमार राईको फेरि दोहोरिने सुरमा छन् ।

यस्तै, नेकपा माओवादी केन्द्रका नेता तथा प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोलाई पनि भावी मुख्यमन्त्रीको दाबेदारको रूपमा हेरिएको छ । उनी प्रदेशमा लामो समय मन्त्री हुने माओवादी नेता पनि हुन् । उनी प्रदेशसभा सदस्यमा निर्वाचित भइसकेका छन् ।

यदि, एमालेले राप्रपा र जसपालाई समेट्न सके हिक्मत कार्की वा तिलकुमार मेन्याङ्बोमध्ये एक जना मुख्यमन्त्री हुने सम्भावना छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार