बिर्तामोडमा युवतीको हत्या

झापाको बिर्तामोडस्थित महानन्द चोकमा अहिले साँझ एक अपरिचित युवतिमाथि नचिनेका अर्का युवाले छुरा प्रहार गर्दा युवतीको मृत्यु भएको छ ।

घटनामा गम्भिर घाईते भएकी उनको उपचारका क्रममा मृत्यु भएको हो । एकजना अपरिचित युवाले उनलाई पक्रिएर लगातार छुरा प्रहार गरेका थिए ।

घटनाको स्थानीयले प्रतिकार गरणदा उनी भागेका थिए । उनलाई अर्जुनधारा ६ मा स्थानीयले पक्रिन सफल भएका थिए । त्यसपछि स्थानीयले प्रहरीलाई बोलाएर युवक जिम्मा लगाएका थिए ।

युवक र युवतिको नाम हालसम्म सार्वजनिक हुन सकेको छैन । प्रहरीले घटनाको कारण पनि थाहा हुन नसकेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array