पूर्वाञ्चलमै पहिलो पटक आयोजना गरिएको द बिगेष्ट पूर्वाञ्चल एजुकेशन फेयर भव्यताका साथ सम्पन्न भएको छ ।
स्टडी पार्क एजुकेशनको आयोजना रहेको एजुकेशन फेयर विभिन्न परार्मश लिनका लागि ११ सय भन्दा बढी विद्यार्थीहरुको उपस्थिती रहेको थियो ।
बिर्तामोड नगर प्यापशनका अध्यक्ष उत्तम खनाल,हिसान झापाका सचिव एवं न्युटन अग्रेजी स्कुलका प्रधानाध्यापक देवेन्द्र हुमागाँइ लगायत विभिन्न शैक्षिक संघसस्था संग आबद्व पदाधिकारीहरुको बाक्लो उपस्थिती रहेको पहिलो कार्यक्रमको सहर्जकता तथा पत्रकार सरोज पौडेलले पहिलाे र दोश्रो चरणको औपचारिक कार्यक्रम लोकेन्द्र थपलियाले सञ्चालन गर्नु भएको थियो ।
स्टडी पार्क एजुकेशन बिर्तामोड शाखाका प्रबन्ध निर्देशक महेश बुढाथोकिले एजुकेशन फेयरमा सहभागी विद्यार्थीहरुले काउन्सिङ सम्बन्धी धेरै कुरामा हासिल गर्ने प्रतिक्रिया पाएको दिनु भयो ।
कार्यक्रममा अभिभावक तथा विभिन्न तहका नेतृत्वहरुले यस किसिमको एजुकेशन फेयरले विद्यार्थीहरुमा देखिएको अन्योलतालाई चिर्न मद्वत पुग्ने बताएका थिए । सहभागी बिद्यार्थीहरुलाई विश्वका ८ भन्दा बढी मुलुकका एक्सपटिजहरुले परार्मश दिएका थिए ।
कार्यक्रमलाई रोचक बनाउन मेची बहुमुखी क्याम्पसका सन्देश प्रसाईले गजल र जमुना बरालले नृत्य प्रस्तुत गरेका थिए ।
कार्यक्रमका संयोजक मदन बुढाथोकीले सम्पूर्ण विद्यार्थीहरुलाई राम्रो परार्मश लिएर त्यहाँको भाषा रहनसहन परिवेशको अध्ययन पश्चात मात्र पठाउन अभिभावकहरुलाई आग्रह गर्नुभयो । उहाँले विद्यार्थीलाई भोलि गएर कुनै समस्या नहोस भनेर यो कार्यक्रमको आयोजना गरिएको बताउनु भयो ।
कार्यक्रममा जापान, कोरिया युके , अष्टेलिया, क्यानडा, नेदरल्याण्ड लगायत युरोपका विभिन्न राष्ट्रहरुमा रहेका युनिर्भसिटीको परार्मशका लागि ति देशहरुबाट प्रतिनिधीहरुको बोलाइएको अर्का सञ्चालक तथा सहजकर्ता सरोज पौडेले बताउनु भयो ।