सिम्रिक सहकारी संस्थाले गत आव २०७९र८० मा ४६ करोड १० लाख २५ हजार ३६९ रुपैयाँ आम्दानी गरेको छ ।
बुधबार संस्थाको १४औं बार्षिक मूल माइन्युट प्रमाणित सभा आयोजना गरी संस्थाले गत आवको गतिविधि बारे जानकारी गराएको हो ।
संस्थाले ५ करोड २७ लाख ६५ हजार ७२४ रुपैयाँ खुद नाफा गरेको संस्थाका अध्यक्ष सुवास भट्टराईले जानकारी दिए। सिम्रिकले गत आवको आम्दानीबाट ४१ लाख १३ हजार ८१२ रुपैयाँ राजश्व तिरेको जनाएको छ ।
खुद आम्दानीबाट संस्थाले १ करोड ४० लाख ७५ हजार ३१९ रुपैयाँ शेयर लाभांश कोषमा छुट्याएको र ४।९५ प्रतिशतले वितरण गर्न लागिएको संस्थाका कार्यकारी प्रमुख कमलबहादुर बस्नेतले बताउनुभयो । ।
ुएक घर एक सदस्य अभियानस सिम्रिक सफलताको हाम्रो पहिचानु भन्ने मूल नाराका साथ संचालित सिम्रिकले झापा, इलाम, पाँचथर र मोरङ जिल्लामा ४६ वटा सेवा केन्द्रमार्फत सेवा प्रवाह गरिरहेको छ । संस्थामा ६४२३६ जना शेयर सदस्य र ३२ करोड ९६ लाख ६६ हजार ९ सय रुपैयाँ शेयर पूँजी रहेको छ । सिम्रिकको प्रधान कार्यालय झापाको बिर्तामोडमा रहेको अध्यक्ष सुवास भटटराइले बताउनुभयो ।
कार्यक्रममा उत्कृष्ट शेयर सदस्य, सेवाकेन्द्र र पत्रकारलाई सम्मान समेत गरिएको थियो ।
संस्थाले यस अघि नै ७ वटा इकाइगत साधारण सभा सम्पन्न गरी बुधबार अन्तिम माईन्युट प्रमाणीकरण कार्यक्रम गरेको जनाएको छ ।कार्यक्रममा उत्कृष्ठ सन्चारकर्मीको रुपमा पत्रकार प्रदिप परियार र विष्णु पौडेललाइ नगद १०हजार राशि सहित सम्मानित गरिएको छ ।
कार्यक्रममा पत्रकार महासंघ झापाका उपाध्यक्ष केशव भट्टराई, शिक्षा साकोसका अध्यक्ष सुव्रत न्यौपानेलगायत विभिन्न संघसंस्थाका प्रतिनिधिको उपस्थिति रहेको थियो ।
अध्यक्ष सुवास भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि बिर्तामोड नगर प्रमुख पवित्रादेवि महतारा प्रसाई रहेकी थिइन् । कार्यक्रम संस्थाका कर्जा विभाग प्रमुख प्रेम बस्नेत विजयले सञ्चालन गर्नूभएको थियो