काठमाडौं, ३ भदौ । झापाका दुर्गा प्रसाईले शुक्रबार चक्काजाम गर्ने चेतावनी दिनुभएको छ।
आज बिहीबार मेडिकल व्यवसायी एवम् नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईले भोलि शुक्रबार चक्काजाम गर्ने बताउनु भएको हो।

प्रसाईँविरूद्व काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएसँगै प्रसाईँले भोलि देशभर चक्काजाम गर्न उर्दी जारी गर्नुभएको हो ।

महाअभियानले विज्ञप्ति जारी गर्दै पक्राउ पुर्जी तत्काल फिर्ता नलिए आज राँके जुलुस र विरोध प्रदर्शन गर्ने तथा चार गते चक्काजाम गर्ने चेतावनी दिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *