राजकुमार ओली बिर्तामोड झापा।
उत्कृष्टहरूलाई सम्मान गर्दै शिक्षक हित बचत तथा ऋण सहकारी संस्था ले १२ औँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ।
बिहीबार झापाको बिर्तामोडमा शिक्षक हित सहकारीले भव्य रुपमा आफ्नो १२ औँ वार्षिक उत्सव सम्पन्न गरेको हो।
नेप्सकुनका केन्द्रीय महासचिव घनश्याम अधिकारी प्रमुख अतिथि रहेको कार्यक्रममा अध्यक्ष नारायण गौतमले सहकारीको वार्षिक कार्य प्रगति तथा प्रतिवेदन पेश गर्नुभएको थियो।
१२औं वार्षिक कार्यक्रममा बोल्दै नेप्सकुनका महासचिव अधिकारीले पछिल्लो समय शिक्षकहरूको हितमा सञ्चालित यो सहकारीले भिन्न र परिस्कृत किसिमले सहकारी अभियानमा फड्को मारेको बताउनुभयो। अधिकारीले हकारीमा योगदान पुर्याएका उत्कृष्ट र विशिष्टहरूलाई सम्मान गर्नुभएको छ। सहकारीलाई विभिन्न क्षेत्रबाट योगदान पुर्याउने र उत्कृष्टहरुलाई सम्मान गरिएको अध्यक्ष नारायण गौतमले जानकारी दिनुभयो
सोही अवसरमा बोल्दै महासचिव अधिकारीले सहकारीभित्र निकै समस्याहरु देखिएका भएपनि लामो समयदेखि सहकारी क्षेत्रको समस्याहरुलाई नजिकबाट कोभिडको समयदेखि सहकारी र वित्तीय क्षेत्रमा असन्तुलन किसिमले जोखिम बढेको देखिएको बताउनुभएको छ।
झापाका सरकारी विद्यालय हरू का शिक्षक शिक्षिका हरू को हितलाई लक्षित गरी स्थापना गरिएको शिक्षक हित सहकारी को बाह्रौं वार्षिक कार्यक्रममा विभिन्न उत्कृष्ट कर्मचारी ऋणी हरूलाई सम्मान समेत गरिएको हो।
संस्थाका अध्यक्ष नारायण गौतमले सहकारीमा योगदान पुर्याउने विभिन्न उत्कृष्ट व्यक्तित्वहरुलाई सम्मान गरिएको बताउनु भएको हो।
संस्थामा उत्कृष्ट बचतकर्ता कन्चनजंगा आबि मेचीनगरका तारा निरौला, उत्कृष्ट ऋणी मा ज्योति मावि कमलका नन्दकुमार बस्नेत, उत्कृष्ट बाल बचतकर्तामा मोनिका पौडेल उत्कृष्ट पालिकामा कनकाई नगरपालिका लगायत लाई सम्मान गरिएको हो। त्यस्तै
वार्षिक कार्यक्रममा जिल्ला बचत तथा ऋण सहकारी संस्था झापाका सचिव याम चुडाल जिल्ला सहकारी सङ्घ झापाका सदस्य पुष्पा उप्रेती ज्ञानोदय सहकारी संस्थाका अध्यक्ष गोपीकृष्ण न्यौपाने लगायतले सहकारीको गरेको प्रगति र भावी रणनीतिका विषयमा शुभकामना मन्तव्य राख्नुभएको थियो। त्यस्तै उत्कृष्ट छात्रामा प्रकृति खरेल उत्कृष्ट छात्र मा रोहन पोखरेल सम्मानित गरिएको थियो। त्यस्तै सामुदायिक विद्यालयबाट कक्षा १२ को परीक्षामा लाई विष्णु यशोदा केदारेश्वरी पराजुली छात्रवृद्धि बाट पुरस्कृत गरिएको छ। पुरस्कार पाउनेहरूमा मोहन माया मावि बिर्तामोडका पल्पसा सेडाई र मोहन माया मावीकै नविन तिवारी रहेका छन्
त्यस्तै जेष्ठ सदस्य सम्मानमा केदार बहादुर बुढाथोकी ले पुरस्कार प्राप्त गर्नुभएको छ।
सहकारीले आउने आर्थिक वर्षको लागि लेखापरीक्षकको रुपमा दमकका कमलराज भट्टराई र दिलबहादुर पौडेललाई नियुक्त गर्ने निर्णय गरेको छ।
सहकारीका सञ्चालक तथा महिला विभाग प्रमुख देउमाया दाहालको स्वागत मन्तव्य रहेको कार्यक्रममा स्वागत नृत्य सुमित्रा पौडेल को समूहले गरेको सञ्चालक संस्थाका उपाध्यक्ष हरि न्यौपानेले जानकारी दिनुभएको छ।
सहकारीमा झापाका शिक्षक शिक्षिका हरू १३९० जना सदस्य रहेका छन् भने सहकारीको बैंकमा मौजात १ करोड ४५ लाख देखिन्छ।
हालसम्म संस्थामा ३ करोड १५ लाख बजेट देखिन्छ भने झापाका सरकारी विद्यालयका कर्मचारीहरूको उत्कृष्ट रहेको यो सहकारी नेपालकै नमुनाको रुपमा रहेको पाइएको छ।