शिक्षा बहुउद्देश्यीयको इकाइगत साधारण सभा सम्पन्न- १८ करोड ऋण लगानी

झापाको बिर्तामोड–४ मा मुख्य कार्यालय रहेको शिक्षा बहुउद्देश्यीय सहकारी संस्था लि को १२ औं वार्षिक साधारण सभा अन्तरगत इकाइगत साधारण सभा सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष सुब्रत न्यौपानको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन संस्थाका सल्लाहकार संयोजक सावित्राकुमारी लिम्बूबाट शूरु भएको हो । कार्यक्रममा सेवा केन्द्र अन्तरगतका उत्कृष्ट सदस्यलाई सम्मान गरिएको छ।सेवा केन्द्र धुलाबारी बुधवार र धाइजन सेवा केन्द्रको आज विहीवार सम्पन्न भएको हो

ुकार्यक्रममा सेवा केन्द्रका उत्कृष्ट कर्जा कारोबारकर्ता भीमकुमार विष्ट, उत्कृष्ट आवधिक बचतकर्ता रविना बस्नेत, उत्कृष्ट साधारण बचतकर्ता भीमप्रसाद पौडेल, उत्कृष्ट शिक्षा बचतकर्ता आर्यन÷आरुष मेचे, एसईईमा उत्कृष्ट नतिजा ल्याउने पुष्पकमल रिजाल र सौरभ दियालीलाई सम्मान गरिएको हो ।

संस्थाका अध्यक्ष सुब्रत न्यौपानेले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै बजारमा आर्थिक मन्दीको व्यापक प्रभाव परे पनि संस्थाको शेयर पुँजी क्रमशः बृद्धि हुँदै गएको साधरण सभामा बताउनुभएको छ । ।

अध्यक्ष न्योपानेले गत आव २०८०÷०८१ मा संस्थाको शेयर पुँजी ३ करोड ५५ लाख १० हजार ३ सय, कोष हिसाब २ करोड २० लाख १ हजार ६९ रुपैयाँ ४७ पैसा रहेको जानकारी दिए । शेयर र कोष बृद्धिले संस्थालाई अझ बलियो बनाउँदै लगेको बताउनुभयो ।
,

कार्यक्रममा संस्थाका लेखा समिति संयोजक युवराज निरौलाले लेखा समितिको प्रतिवेदन प्रस्तुत गर्दै बचत संकलन १८ करोड ५१ लख ४१ हजार ४ सय रुपैयाँ २२ पैसा पुगेको जानकारी दिनुभएको छ ।

संस्थाका ऋण उपसमिति संयोजक एवम् उपाध्यक्ष हेमराज मिश्रले ऋण लगानीका प्रमुख क्षेत्र, रकम र ब्याजदरका बारेमा सदस्यलाई अवगत गराएका छन् ।

संस्थामा ३८६ जना महिला र ४५७ जना पुरुष गरेर ८४३ जना सदस्यलाई १८ करोड २० लाख ५ हजार ८ सय ८३ रुपैयाँ ५९ पैसा ऋण लगानी गरिएको संयोजक मिश्रले जानकारी दिनुभयो

इकाइगत साधारणसभाबाट तीन जना प्रतिनिधि छनोट गरिएको छ । अन्तिम माइन्युट प्रमाणीकरणका लागि इकाइगत साधारणसभाले लक्ष्मी पाठक, चन्द्रमणि क्षेत्री र दिलमाया श्रेष्ठ लगाएतलाइ प्रतिनिधि छनोट गरेको छ ।

संस्थाका सचिव सूर्यकुमार खतिवडाले सञ्चालन गरेको कार्यक्रममा स्वागत उपाध्यक्ष हेमराज मिश्रले गरेका थिए । संस्थाको इकाइगत साधारणसभा अन्तरगत बिहीवार सदस्य सेवा केन्द्र दुहागढीको राम जानकी मन्दिर, धाइजनमोडमा इकाइगत साधारण सभा आयोजना भएको हो

संस्थाको असोज ९ गतेदेखि शुरु भएको इकाइगत साधारण सभा १६ गतेसम्म हुनेछ भने अन्तिम माइन्युट प्रमाणीकरण भेला १६ गते बुधबार बिर्तामोडस्थित अग्रसेन भवनमा हुने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array