अमेरिकाबाट यसरी सम्झिए पन्तले शिक्षासेवी छविलाल सिटौलालाइ

0
SHARES
132
VIEWS

के लेख्नु हेडसरको बिषयमा ?
अग्लो शरीर लामो घाँटी पर सम्मको देख्न सक्ने हेडसरले स्कुलमा विद्यार्थीहरुलाई केही भन्नै पर्दैन थियो । सर हाम्रो अगाडिबाट हिढ्दा नै डरले सातो जान्थ्यो ।
कुट्ने ,गाली गर्ने वा अन्य सँजाय दिने गरेकोले हामीलाई डर लागेको होइन । कुशलता पूर्वक एउटा बिद्यालय तीन दशक बढी लामो समय देखी चलाएर लाखौं विद्यार्थीहरुलाई शिक्षित पार्ने उहाँको नेत्रित्व कलाबाट प्रभावित भएर उहाको ब्यक्तिवबाट डराएको थियौ हामी ।

के लेख्नु सरको बिषयमा रु कुन कोणबाट लेखौ रु ६० बर्ष भन्दा बढी समय शिक्षा सेवामा लगाउनु भएको कुरा लेखौ भने एउटा पुस्तक नै तयार हुन्छ ।
दमक हिजोको गाउँ आजको भब्य शहर ,यो शहरलाई त सरले पो हुर्काउनुभयो । आँखा अगाडि देखेको दुधे बच्चा आज लक्का जवान भएको छ दमक शहर । सरसँग बसेर दमकको ईतिहास खोतल्ने हो भने अर्को पुस्तक तयार हुन्छ ।

एउटा साईकल जस्लाई सरले लेम्बोर्गिनि कार भन्दा बढी महत्व दिएर लगभग पाँच दशक भन्दा बढी समय आफ्नो सवारि साधनको रुपमा प्रयोग गर्नुभयो । सरको साईकलसँगको किस्साले अर्को पुस्तक बन्छ ।

आज ९१ बर्षको उमेरमा पनि उस्तै स्वास्थ्य र तगडा देखिने सरको शरीरले नातिनी सलिमाको निमन्त्रणामा अमेरिकाको माटो टेकेको छ । उहाँ र उहाँको ८१ बर्षिय धर्मपत्नी दुबैको पारिबारिक जिबनका अनेक पाटाहरु केलाउने हो भने अर्को पुस्तक तयार हुन्छ ।
अर्को अचम्मको कुरा यो तल मैले एउटा चस्माको फोटो राखेको छु । यस्को ईतिहास थाहा छ तपाईंलाई रुरु बिक्रम सम्बत २०१० सालमा किनेको पावर ग्लास छ यो चस्माको फ्रेमभित्र । फ्रेम बिग्रिए पनि आज ६९ बर्ष भएछ सरले यो पावर ग्लास साथै राख्नुभएको । सामान्य पत्रिका पढ्दा यो चस्मा प्रयोग गर्नुहुन्छ नत्र उहाँको आँखा अझै तिखा छन ।
के लेख्नु ,कती लेख्नु हाम्रो हेड्सरको बारेमा । हिमालय माध्यमीक बिद्यालय होस् या दमक क्याम्पस होस् या कृष्णमन्दिर छेउको स्कुल होस् अनबरत शिक्षाको ज्योति छर्दै हिढ्ने आदर्णीय गुरु छबिलाल सिटौला र उहाँको धर्मपत्नी आदर्णीय मुमासँग अमेरिकाको भब्य शहर लसएन्जलसमा आज भेट भयो । उहाँहरु बसुन्जेल अझै अरु भेट हुने नै छ ।
उहाँहरु दुबै जनाको सुस्वास्थ्यको कामना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार