राजकुमार ओली हल्दीबारी झापा
५५ वर्षीय क्यान्सर पीडित कुमारी पहारीले आफूलाई बचाइदिन अनुरोध गर्नुभएको छ।
आर्थिक अवस्थाले दयनीय भएको आफ्नो दैनिकीमा आन्द्रामा देखिएको क्यान्सरबाट थलिएकी हल्दीबारि दुई कि कुमारी पहारीले आफूलाई बचाइदिन अनुरोध गर्नुभएको हो।
आज सोमबार गंगामाया नरबहादुर बस्नेत क्यान्सर पीडित संस्था ले पहाडीको आँगनमा गरेको पत्रकार सम्मेलनमा क्यान्सर पीडित पहारिले आफ्नो आर्थिक अवस्था कमजोर भएको कारण उपचार अभावमा ज्यान गुमाउन रहर नभएको र सबैले साथ दिए आफू बाँच्न सक्ने भएकोले सहयोग गर्न अनुरोध गर्नुभएको हो।
गंगामाया नरबहादुर बस्नेत क्यान्सर पीडित संस्थाका अध्यक्ष भुपाल बस्नेतले आफूहरुले बिरामीको आँगनमै आएर पत्रकार सम्मेलन गर्दै सहयोग गर्न पहल गरेको र आफूले पनि क्यान्सर रोगबाट नै बुवाआमा गुमाउँदाको पीडा भोगेकोले यस्ता बिरामीहरूको सेवा नै आफ्नो पहिलो कर्तव्य भएकोले सबैले सहयोग गर्न अनुरोध गर्नुभएको छ।
चार छोरी र दुई छोरा समेतकी आमा कुमारी पहारी विगत केही समयदेखि क्यान्सर रोगबाट थलिनु भएको हो ।
सुरुमा पेट दुख्ने र ग्यास्टिकको समस्या भएको अनुमान गरी मेची अस्पतालमा उपचार गराएकी पहारिले धरानको बीपी प्रतिष्ठानमा उपचार गराउँदा क्यान्सर रोग लागेको पत्ता लागेको र हाल पैसा अभावमा उपचार गर्न नसकिएको बताउनुभएको छ
७१ वर्षीय रामबहादुर पहारिले पैसै अभावमा श्रीमती गुमाउनु पर्ने अवस्था आएकोले सबै गाउँलेहरूले साथ दिएर आजसम्म बचाएको तर अबका दिनमा साँच्चै समस्या भएकोले हात जोड्न बाध्य भएको बताउनुभएको छ।
२१ वर्षीय कान्छी छोरी प्रिया पहारीले समेत आमाको जीवन बचाइदिन अनुरोध गर्नुभएको छ।
मजदुरी र अर्काको जग्गा अधिया कमाउँदै जीवन पाल्दै आएका पहारि परिवारले कुमारी को उपचारमा सबै सकिसकेको र घरमा खाने अन्नसमेत नभएको छिमेकीहरूले बताएका छन्। आफूहरुले सकेको सहयोग गरेको तर अबको दिनमा दाताहरूको सहयोगमा मात्र उपचार सम्भव हुने देखिएको छिमेकीहरुले बताएका छन् ।
दाताहरूको मन कमलो हुन्छ र बाँच्न सक्छु कि भनेर आशा पलाएको र आफ्नो हल्दीबारी स्थित सिटिजन बैंक को खाता नम्बर063100000631010 मा सहयोग गरिदिनुहुन अनुरोध गर्नुभएको छ।
Discussion about this post