विर्तामोडमा अनुगमन तिव्र —भेटिएका अखाद्द बस्तुलाइ गरियो नष्ट

राजकुमार ओली बिर्तामोड झापा

नजिकिएको चाडबाडमा व्यापारीहरूले कालाबजारी बढाएपछि बिर्तामोडमा अनुगमनलाई तीव्र पारिएको छ।

झापाको जिल्ला प्रशासन कार्यालयले बिर्तामोड लगायतका मुख्य मुख्य सहरमा खाद्य सामग्री विषादी नापतौल लगायतका सामग्रीको विषयमा अनुगमन तीव्र पारिएको हो।

झापाका सहायक प्रमुख जिल्ला अधिकारी विश्वराज नेपाल को अगुवाइमा बिर्तामोड बजार क्षेत्रका होटल डिपार्टमेन्ट स्टोर सहकारी पसल किराना पसल माछा मासु र कुखुरा पसल लगायतमा अनुगमन गरिएको हो ।

अनुगमनमा विभिन्न किसिमका अखाद्य वस्तुहरू भेटिएको समय गुजिरहेका समान पाइएको र माछामासुमा समेत अखाद्य वस्तु मिसाइएको समान पाइएपछि अनुगमन समितिले उक्त सामानलाई जफत गरी नष्ट गरेको छ।

दशैं तिहार को मुखमा उपभोक्ताहरूलाई लक्षित गरी अघि बढाएपछि बजार अनुगमनलाई तीव्र पार्दा विभिन्न किसिमका अखाद्य वस्तुहरू र समय गुज्रेका सामान भेटिएको ले उनीहरुलाई कारबाही गरिएको सहायक प्रमुख जिल्ला अधिकारी विश्वराज नेपालले बताउनुभयो ।

बिर्तामोड नगरपालिकाका अनुगमन समितिका संयोजक तथा उपमेयर नगेन्द्र संग्रौला ले माछा मासु र कुखुरामा केही कमजोरी भेटिएको र उनीहरुलाई सुझाव दिएको बिर्तामोड चोकको एभरेस्ट स्टोरमा केही खाद्य वस्तुमा समय सकिएको सामान भेटिएको तथा सतासि डिपार्टमेन्ट स्टोरमा समय गुज्रेको सामान पाइएको साथै केही खाद्यको गोदाममा रङ्ग मिसिएको हरियो केराउ भेटिएकोले उक्त पसललाई कारबाही गरी अखाद्य वस्तुलाई नष्ट गरिएको बताउनु भएको छ ।

अनुगमन समितिले बिर्तामोड लगायतका विभिन्न मुख्य मुख्य बजारको अनुगमनलाई तीव्र पारिएको तथा बजारका व्यापारीका ढक तराजुको अनुगमन खाद्यवस्तुको निरीक्षण होटलको भान्सा कोठाको अनुगमन लगायतका सामानको निरीक्षणलाई तीव्र पारिएको समितिका सदस्य एवं घरेलु तथा साना उद्योग कार्यालय भद्रपुरका निमित्त प्रमुख टंक प्रसाद प्रसाईंले जानकारी दिनुभएको छ।

अनुगमन गर्न समितिमा सहायक प्रमुख जिल्ला अधिकारी विश्वराज नेपाल सहित सदस्यहरू उपभोक्ता जागरण अभियानका उपाध्यक्ष राजकुमार ओली आन्तरिक राजस्व कार्यालय भद्रपुरका अधिकृत टंक पोखरेल ् खाद्य प्रविधि तथा नापतोल कार्यालयका प्रमुख सुभाष वस्ती ् लगायतको अनुगमन टोलीले बिर्तामोड क्षेत्रको अनुगमनलाई तीव्र पारेको हो।

भेटिएका अखाद्य वस्तु तथा समय गुज्रिएका सामानलाई बिर्तामोड नगरपालिकाले नष्ट गरेको अनुगमनमा रहेका पदम राज घिमिरेले जानकारी दिनुभयो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array