राजकुमार ओली बिर्तामोड झापा
बडा दशैंको अवसर पारी चारपानी अर्जुनधारा विकास समाजले १०२ वर्ष समेत का आयोजना जेष्ठ बुवाआमाहरूको सम्मान गरेको छ।
आज सोमबार बिर्तामोड २ को चारपाने चोकमा एक कार्यक्रम आयोजना गरी समाजले १०२ वर्षीय देवमाया सिटौला सहितका आठ जना जेष्ठ आमाबुबा सहित १० जनालाई सम्मान गरेको हो।
समाजका अध्यक्ष देवि प्रसाद संग्रौला ले बिर्तामोडका १०२ वर्षीय जेष्ठ आमा देवमाया सिटौला ९६ वर्षीय नन्दी केशर तिम्सिना नरपति पौडेल टोमा देवी दाहाल् देवी माया कार्की् नन्दराम पौडेल्् कौशिल्या आचार्य र गोमादेवी खरेललाई नगद दोसल्लाह सहित खाजा ओडाएर सम्मान गरिएको बताउनुभएको छ ।
त्यस्तै संस्थाका पूर्व अध्यक्ष एवं संरक्षक डिल्लीराम सिटौला र पूर्व सदस्य हरिभक्त उप्रेतीलाई समेत सम्मानित गरिएको महासचिव भरत भट्टराईले जानकारी दिनुभएको हो।
शुभकामना तथा सम्मान कार्यक्रम मा जेष्ठ आमाबुबाहरूलाई प्रत्येक घरघरबाट सम्मान र स्वागत गर्न सके मात्रै आमाबुवाहरूको मन प्रसन्न र खुसी हुने हुँदा छोरी बुहारीहरुले यस्ता काममा गम्भीर भएर सहयोग गर्नुपर्ने कार्यक्रममा सहभागी उपाध्यक्ष तथा सहारा नेपाल सहकारीकी महिला विभाग प्रमुख चित्रकला ओलीले बताउनुभएको छ।
लामो समयदेखि आफ्ना सन्तानको खुसी र प्रगतिको लागि लागिपरेका जेष्ठ आमाबुवाहरुलाई आफूहरुले देवता ठानी सोही रुपमा संस्थाले सम्मान गर्न पाउँदा खुसी लागेको जानकारी गराउँदै अध्यक्ष देवी संग्रोलाले आफूहरूले झापाका सबै आमाबुबाहरूको सम्मानमा अभियान नै चलाउन लागिएको र यस्तो अभियानले ज्येष्ठ आमाबुवाहरू प्रति माया प्रेम र सद्भाव बढ्दै जाने र नयाँ पुस्ताले पनि संस्कार सिक्ने हुँदा आफूहरुले यो अभियानलाई तीव्र पारेको बताउनु भएको छ ।
विगत लामो समयदेखि बिर्तामोडको चारपाने र अर्जुनधारा क्षेत्रका विभिन्न समस्याहरूलाई संस्थाले आफ्नो कामको अपनत्व हुनेगरी काम गर्दै आएको र उज्यालो चारपाने अभियान तथा सुन्दर नगरी बनाउने लक्ष्यका साथ अघि बढेको संस्थाका महासचिव भरत भट्टराईले जानकारी दिनुभएको छ।
शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रममा सम्मानित हरू नन्दी केसर तिम्सिना तथा संरक्षक डिल्ली सिटोलाले आफूहरू ले जन्माएको संस्थाले सम्मान गरिरहँदा संस्कारको विकास भएको र यो क्रम बढ्दै बढ्दै जाँदा समाज समेत सक्षम र सफल हुने देखिएको जानकारी गराउनु भएको छ
