चाडपर्वलाई लक्षित गर्दै बिर्तामोड बजार सरसफाई गरिएको छ ।

बिर्तामोड उद्योग बाणिज्य संघको आयोजना तथा बिर्तामोड नगरपालिकाको सहकार्यमा बिर्तामोड बजार सरसफाई गरिएको हो ।

राष्ट्रिय सभा सदस्य गोपालकुमार वस्नेतको प्रमुख आतिथ्यमा बिर्तामोडस्थित वानस्टप मल अगाडि सरसफाई कार्यक्रमको उद्घाटन गरिएको थियो ।

अरिदमन गण चारआलीका नेपाली सेना,जिल्ला ट्राफिक प्रहरी कार्यालय झापामा कार्यरत ट्राफिक प्रहरी, इलाका प्रहरी कार्यालय अनारमनीमा कार्यरत प्रहरी, नागरिक समाजका अगुवा, विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुले बजार सरसफाई गरेका थिए । त्यस्तै बिर्तामोड उद्योग वाणिज्य संघका पदाधिकारी तथा सदस्यहरु समेत सरसफाई कार्यक्रममा सहभागी थिए ।

सरसफाई कार्यक्रममा बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायव उपरीक्षक प्रकाश विष्ट, जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षण गणेश पौडेललगायत सहभागी थिए ।

बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा संघका उद्योग उपाध्यक्ष विशाल थापाले स्वागत गरेका थिए । कार्यक्रमको संचालन संघका महासचिव कुशल खतिवडाले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *