रामजानकी बचत तथा ऋण सहकारी संस्थाले अन्तिम माइन्युट प्रमाणिकरण गर्दै आफ्नो १६ औ साधारण सभा सम्पन्न गरेको छ ।

संस्थाका अध्यक्ष भीमप्रसाद राजवंशीको अध्यक्षता तथा जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमलाई संस्थाका कोषाध्यक्ष जीवन सुबेदीले स्वागत गर्नु भएको थियो ।

कार्यक्रमका प्रमुख अतिथी जिल्ला सहकारी संघका अध्यक्ष ढकालले १६ वटा क्यान्डल बालि कार्यक्रमको उद्घाटन गर्नु भएको थियो ।

एकाइगत साधारणसभा सम्पन्न पछी आज माइन्युट प्रमाणित सहित १६औ साधारणा सभा सम्पन्न गरिएको हो ।झापाको बिर्तामोड–५ मा मुख्य कार्यालय रहेको श्री रामजानकी बचत तथा ऋण सहकारी संस्थाले १६ औं वार्षिक साधारण सभाका अवसरमा १० जनालाई सम्मान गरेको छ ।

संस्थाले कार्यक्रमका बिच शनिश्चरे सेवा कार्यलयकी उत्कृष्ट बचतकर्ता सुस्मिता खतिवडा ,चन्द्रगढी कि सिरना खातुन , बिर्तामोडकि निर्मला राई उत्कृष्ट असुलीकर्ता , उत्कृष्ट क्यासियर सविनाकुमारी तामाङ,उत्कृष्ट बजार प्रतिनिधि लता भट्टराई लाई सम्मान गरिएको गरिएको छ ।

संस्था स्थापनाकालमा २९ जना शेयर सदस्यबाट १ लाख ४१ हजार शेयर पुजीबाट सञ्चालित संस्था आज १६ वर्षमा प्रवेश गर्दै गर्दा ९ हजार ९ सय ७३ जना शेयर सदस्य बनाउन सफल भएको छ ।

कार्यक्रममा सुनकोषी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष गंगाराम ओडारी,पूर्व अध्यक्ष घनश्याम पौडेल, सञ्चारकर्मी गोपाल काफ्ले, झापा जिल्ला बचत संघका उपाध्यक्ष उपेन्द्रप्रसाद ओली लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा अध्यक्ष राजवंशीले बार्षिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । संस्थाको शेयर पूँजी २ करोड ५ लाख ३५ हजार ६ सय रूपैयाँ, निक्षेप २१ करोड ४४ लाख ७२ हजार ९ सय ९५ रूपैयाँ ८० पैसा , ऋण लगानी २२ करोड ४३ लाख ५९ हजार ९ सय १४ रूपैयाँ ९७ पैसा र वासलात २५ करोड २ लाख ३९ हजार २ सय ६ रूपैयाँ ३७ पैसा रहेको छ।

कार्यक्रममा उत्कृष्ट बचतकर्ताहरू रञ्जितकुमार राजवंशी,सुस्मिता खतिवडा,जरिना खातुन , उमादेबी सुबेदी,असल ऋणी निर्मला राई, कल्पनादेबी गुरुङ, रत्नमाया तामाङ, बिरबहादुर सापकोटा, उत्कृष्ट कर्मचारी क्यासियर सबिनाकुमारी तामाङ, बजार प्रतिनिधि लता भट्टराईलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा कोषाध्यक्ष जीवन सुबेदीले कोषाध्यक्षको प्रतिवेदन र लेखा सुपरिवेक्षण समितिका संयोजक ज्ञानेन्द्रप्रसाद पोखरेलले लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

कार्यक्रममा माईन्युट प्रमाणिकरण समितिले माईन्युट प्रमाणिकरण गरेको थियो । कार्यक्रमको सञ्चालन संस्थाका ब्यबस्थापक शुकराज भण्डारीले गरेका गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *