अर्जुन तुम्रुकको फार्ममा प्रहरीको छापा

अर्जुन तुम्रुकको फार्ममा प्रहरीले छापा मारेको छ । अलकत्रा स्टोर गरेको उर्लाबारी– ३ स्थित तुम्रुकको फार्ममा जुवातास खेलाइरहेको सुचना पाएपछि गएराति प्रहरीले छापा मारेको हो ।

सेक्युरिटी राखेर उनले आफ्नो फार्ममा जुवा खेलाउँदै गरेको गोप्य सूचनाको आधारमा कोशी प्रदेश प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय उर्लाबारीको संयुक्त गस्ती टोलीले छापा मारेको थियो । तर, प्रहरी टोलीलाई जुवाको अखडासम्म जान सेक्युरिटीले अवरोध गरेका छन् । प्रहरी टोली आएको खबर गरी सेक्युरिटीले जुवाडेहरूलाई भगाएका छन् । प्रहरीले सेक्युरिटी इन्चार्ज प्रतीक पाण्डे र अर्का सेक्युरिटी सन्तमान लिम्बुलाई पक्राउ गरेको छ ।

प्रहरीले जुवाडेले छाडेको ४ वटा मोटरसाइकल र एउटा स्कुटर नियन्त्रणमा लिएको छ । प्र १ –०२–०५१ प २१८७ , को ३१ प ७१७६,प्र १–०२–०५५प ६२८२ ,को २९ प ८९१० नं को मोटरसाइकल र स्कुटर नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक राकेश यादवले बताए । उनले जुवा खेल्ने र खेलाउनेको खोजी भइरहेको जानकारी दिए ।

यसअघि गत भदौ २९ गते राति मोरङको ग्रामथानमा जुवा खेल्दै गर्दा प्रहरी पुगेपछि तुम्रुक भाग्न सफल भएका थिए । त्यति बेला ९ जना जुवाडे पक्राउ परेका थिए । प्रहरीले उनको गाडी नियन्त्रणमा लिएको थियो ।onlinebata

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array