काठमाडौंको सितापाइलमा रोकेर राखिएको एक विद्युतीय कारमा आगलागी भएको छ ।

सेरेस ब्राण्डको सर्भिस सेन्टरमा पार्किङ गरेर राखिएको बागमती प्रदेश ०१–०२९ च ५९५० नम्बरको कारमा एक्कासी आगलागी भएको हो ।

पार्किङमा राखिएको कारबाट एक्कासी धुँवाको मुस्लो निस्किएको थियो । ‘सट सर्किट’का कारण आगलागी भएको अनुमान गरिएको छ । यसअघि पनि एउटा विद्युतीय गाडीमा आगलागी भएको थियो ।

आगलागीबारे कम्पनीको आधिकारीक धारणा सार्वजनिक भएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *