पर्शुराम सिटौला स्मृति पुरस्कारबाट मिकरानी पुरस्कृत हुदै

राजकुमार अ‍ोली
पर्शुराम सिटौला स्मृति पुरस्कार स्वास्थ्यकर्मी ताहिर हुसैन मिकरानी पुरस्कृत हुने भएकाछन ।विराट बहुउद्देश्यीय सहकारी संस्थाले यस वर्षको साधारणसभामा संस्थाका उपाध्यक्ष स्वर्गीय पर्शुराम सिटौलाको स्मृतिमा स्थापित प्रदान गरिने पुरस्कार विर्तामोडका स्वास्थ्यकर्मी मिकरानीलाइ प्रदान गर्ने निर्णय गरिएको साकोसका प्रबन्धक रुद्र सिटौलाले जानकारी दिए ।सो पुरस्कारको राशि ११ हजार १११ रुपैयाँ रहेको छ ।
सिटौलाको विराट सहकारीे काम गर्ने क्रममा नै कोभिडको महामारीको समयमा आकस्मित मृत्यु भएको थियो ।विर्तामोड ३ निवासी पर्शूराम सिटौला तत्कालिन समयमा विभिन्न सघंसस्थांमा क्र्रियाशिल थिए भने विर्तामोड खानेपानीका उपाध्यक्ष समेत रहेका थिए ।

झापाको बिर्तामोडमा रहेको विराट बहुउद्देश्यीय सहकारी संस्थाले आगामी वर्ष एक करोड रुपैयाँभन्दा बढी नाफा गर्ने लक्ष्य लिएको अध्यक्ष मोहन सिवाकोटीले जानकारी दिए ।

साकोसले आगामी वर्ष १ करोड ३६ हजार ३८८ रुपैयाँ नाफा कमाउने संस्थाले लक्ष्य लिएको हो । १९ औँ वार्षिक साधारणसभाको पूर्वतयारीसम्बन्धी अन्तरक्रिया कार्यक्रममा संस्थाका अध्यक्ष मोहन शिवाकोटीले यस वर्ष १९ लाख १५ हजार ९१५ रुपैयाँ शुद्ध नाफा भएको जानकारी दिए ।

उनले १ करोड २ लाख रुपैयाँ ब्याज मात्र उठ्न बाँकी रहेकाले त्यसको असुलीमा कडाई गरी आगामी वर्ष १ करोडभन्दा बढी नाफा पुर्‍याउने लक्ष्य रहेको बताए ।

त्यस्तै, २०५० महिला, १६११ पुरुष र १०२ संघसंस्था गरी कुल ३७६३ सदस्य रहेकोमा आगामी वर्ष त्यसलाई बढाएर ४१४० पुर्याउने लक्ष्य रहेको उनले जानकारी दिए ।

हाल संस्थाको शेयर पुँजी ५ करोड ८२ लाख ५२ हजार ३०० रुपैयाँ रहेको छ । ३ करोड बाह्य ऋण रहेको संस्थाले ऋणलाई शून्यमा झारेको छ । कार्यक्रममा अग्रज सदस्य, सल्लाहकार र उपसमितिका सदस्यहरुलाई १९ औँ वार्षिक वार्षिक साधारणसभाको तयारीका बारेमा जानकारी दिइएको थियो ।

त्यस्तै, असल बचतकर्ता गुरुभक्त न्यौपाने, असल ऋणी लक्षीमादेवी उप्रेती र उत्कृष्ट कर्मचारीको रुपमा रिता पौडेललाई जनही ७ हजार ५०५ रुपैयाँका दरले पुरस्कृत गरिने उनले जानकारी दिए ।

साधारणसभामा यस वर्ष पनि शेयर सदस्यका छोराछोरीमध्येबाट कक्षामा १२ मा उत्कष्ट अंक ल्याउने दुई छात्रा र दुई छात्रलाई पुरस्कृत गरिने प्रबन्धक सिटौलाले जानकारी दिए

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array