राजकुमार अोली
झापाका उत्कृष्ट स्वास्थ्यकर्मी मोहम्वद ताहिर हुसैन मिकरानी पर्शुराम सिटौला स्मृति पुरस्कार बाट पुरस्कृत हुनुभएको छ
।
आज झापाको विर्तामोडमा आयोजित विराट बहुउद्देश्यीय सहकारी संस्थाको १९ औ साधरण सभाको अवसरमा मिकरानीलाइ नगद ११हजार ११ सय ११ सहित पुरस्कृत गरिएको हो यस वर्षको साधारणसभामा संस्थाका उपाध्यक्ष स्वर्गीय पर्शुराम सिटौलाको स्मृतिमा स्थापना गरिएको पुरस्कारबाट झापाका विभिन्न पालिकामा रहेर लामो समय देखि स्थास्थ्य सेवामा समर्पित मिकरानीलाइ राष्टिंय सहकारी बैकका लेखा समितीका सयोंजक लक्ष्मी प्रसाद उप्रेतीले सम्मानितहरुलाइ पुरस्कृत गर्नृुभएको हो ।
प्रदान गरिने पुरस्कार विर्तामोडका स्वास्थ्यकर्मी मिकरानीलाइ प्रदान गर्ने निर्णय गरिएको साकोसका प्रबन्धक रुद्र सिटौलाले जानकारी दिए ।सो पुरस्कारको राशि ११ हजार १११ रुपैयाँ रहेको छ ।
सिटौलाको विराट सहकारीे काम गर्ने क्रममा नै कोभिडको महामारीको समयमा आकस्मित मृत्यु भएको विर्तामोड ३ निवासी पर्शूराम सिटौला को स्मृतिमा पुरस्कार राखिएको थियो ।
त्यस्तै, असल बचतकर्ता गुरुभक्त न्यौपाने, असल ऋणी लक्षीमादेवी उप्रेती र उत्कृष्ट कर्मचारीको रुपमा रिता पौडेललाई जनही ७ हजार ५०५ रुपैयाँ सहित पुरस्कृत गरिएको छ ।
साधारणसभामा यस वर्ष पनि शेयर सदस्यका छोराछोरीमध्येबाट कक्षामा १२ मा उत्कष्ट अंक ल्याउने दुई छात्रा र दुई छात्रलाई पुरस्कृत गरिएको छ ।
साधरण सभामा विराट बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष मोहन सिवाकोटीले आगामी वर्ष एक करोड रुपैयाँभन्दा बढी नाफा गर्ने लक्ष्य लिएको र यो वर्ष बोनस ४ प्रतिशत वितरण गर्न सकिएको बताउनुभएको छ।
साकोसले आगामी वर्ष १ करोड ३६ हजार ३८८ रुपैयाँ नाफा कमाउने संस्थाले लक्ष्य लिएको र यस वर्ष १९ लाख १५ हजार ९१५ रुपैयाँ शुद्ध नाफा भएको कार्यक्रममा प्रतिवेदन पेश गर्नूभएको हो
सस्थामा १ करोड २ लाख रुपैयाँ ब्याज मात्र उठ्न बाँकी रहेकाले त्यसको असुलीमा कडाई गरी आगामी वर्ष १ करोडभन्दा बढी नाफा पुर्याउने लक्ष्य राखिएको कार्यकारी प्रवन्धक रुद्र सिटौलाले जानकारी दिनुभएको हो ।
२०५० महिला, १६११ पुरुष र १०२ संघसंस्था गरी कुल ३७६३ सदस्य रहेकोमा आगामी वर्ष त्यसलाई बढाएर ४१४० पुर्याउने लक्ष्य रहेको सहकारीले सदस्यहरुलाइ जानकारी गराएको छ ।
हाल संस्थाको शेयर पुँजी ५ करोड ८२ लाख ५२ हजार ३०० रुपैयाँ रहेको छ । ३ करोड बाह्य ऋण रहेको संस्थाले ऋणलाई शून्यमा झारेको प्रतिवेदन सार्वजनिक गरेको छ ।
साधरण सभामा पुर्व राष्टिय सभाका सदस्य हरिचरण सिवाकोटी,मेची क्याम्पसका पुर्व क्याम्पस प्रमुख उमानाथ अोली,विर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्र प्रसाद सग्रौला,विर्तामोड ३ का वडा अध्यक्ष मदन वुडाथोकी लगाएतले शुभकामना दिदै सहकारीमा जोखिम ह्वात्तै वढेको भएपनि स्थानिय क्षेत्रमा सन्चालन गरिएका सहकारीहरुमा जनविस्वास कायम रहेको र सवैल्ो सहकारी भित्र देखिएका चुनौतीलाइ सामना गर्दै अघि बढनु पर्नेमा जोड दिनुभएको थियो ।
Discussion about this post