सांसद एलपी साँवा लिम्बूले खेलकुदले सबैमा सकारात्मक उर्जा ल्याउनु पर्नेमा जोड दिएका छन् ।

झापाको कनकाई—३,सुरुङ्गास्थित कनकाई माविको खेल मैदानमा संचालन भएको प्रथम वडास्तरीय दशैं तिहार कप फुटबल प्रतियोगिताको उद्घाटन विशेष समारोहलाई सम्बोधन गर्दै सांसद साँवाले मुलुकमा शान्ती सहितको समृद्धिका लागि अब खेलकुदसँग सम्बन्धित संघसंस्थाहरु सक्रिय हुनु पर्नेमा जोड दिए ।

अब स्वास्थ्यका लागि खेल, राष्ट्रका लागि खेल मात्र नभएर बिखण्डन गर्ने तत्वहरुलाई समेत अन्त्य गर्दै राष्ट्र निर्माणका लागि खेलकुद क्षेत्रले वातावरण सहज बनाउँनु पर्नेमा सांसद साँवाको जोड थियो ।
आयोजक होटल डिलाइटका संचालक ख्याम ओलीको अध्यक्षता एवं सांसद साँवाको प्रमुख आतिथ्य रहेको उद्घाटन विशेष समारोहमा खेल संयोजक दिपेन ओलीले स्वागत सहित कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका थिए ।

कनकाई नगरपालिकाकी उपप्रमुख आशा शिवाकोटी, पुर्व नगर उपप्रमुख मन्जु प्रसाईँ, प्रतियोगिताको मुख्य प्रायोजकका रुपमा हाल अमेरीका बस्दै आएका खेलप्रेमी स्थानीय युवा आशिष संग्रौला, प्रायोजक युएसए आर्मी नविन सुवेदी सहित विभिन्न वडाका जनप्रतिनिधि, सामाजिक संघसंस्थाका प्रमुख एवं प्रतिनिधिहरु सहितको उपस्थिती रहेको कार्यक्रममा संविधान सभा सदस्य अम्बिका खबासले प्रतियोगिताको पुर्ण सफलतको कामना गरेकी थिइन् ।

प्यारागन एकाडेमीका छात्राहरुबाट उद्घाटन विशेष नृत्यको प्रस्तुती रहेको औपचारिक कार्यक्रमको संचालन मोडल एवं चर्चित कोडियोग्राफर असिमज्वयल श्रेष्ठले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *