पाँच करोड रुपैयाँ ठगी गरेर कम्बोडिया पुगेका सुजन पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीमा विभिन्न मुलुक पठाउने भन्दै पाँच करोडभन्दा बढी रकम ठगी गरी विदेश भागेका सुजन आचार्य पक्राउ परेका छन् । उनलाई प्रहरीको अन्तर्राष्ट्रिय अपराध संगठन इन्टरपोलमार्फत पक्राउ गरेर शुक्रबार नेपाल ल्याइएको हो ।

उदयपुर त्रियुगा नगरपालिका–१० का आर्चायविरुद्ध वैदेशिक ठगी मुद्दामा २०८० माघ १९ मा रेडनोटिस जारी भएको थियो । रेडनोटिस जारी भएको करिब आठ महिनापछि उनी पक्राउ परेका हुन् । उनीसँगै उनकी प्रेमिका विनु शाक्यलाई पनि कम्बोडियाको प्रहरीले नियन्त्रणमा लिएको छ ।

तर, सुजनलाई मात्र नेपाल ल्याइएको हो । विनुलाई नेपाल ल्याउने प्रक्रिया अघि बढाइएको छ । सुजन र विनुले ४० जनाबाट ५ करोड २ लाख ९४ हजार रूपैयाँ ठगी गरी फरार भएका थिए ।

ठगीबाहेक सुजनविरुद्ध २०७९ जेठ १३ गते जिल्ला प्रहरी परिसर काठमाडौंमा विद्युतीय कारोबार सम्बन्धी कसुर, २०८० वैशाख २५ गते प्रहरी वृत्त महाराजगंजमा ठगी तथा अपराधिक लाभसम्बन्धी कसुर मुद्दा समेत दर्ता भएको खुलेको छ ।

उनीमाथि काठमाडौं प्रहरीले अनुसन्धान अघि बढाएको छ । सुजन यसअघि गोरखाको हिरा लुटपाटको घटनामा समेत पक्राउ परेका थिए । Onlinebata

Leave a Reply

Your email address will not be published. Required fields are marked *