झापाका कन्काईबाट काठ तस्करीमा संलग्न ४ जनालाई प्रहरी र वन कर्मचारीले पक्राउ गरेको छ । कन्काई स्थित जामुनबारी सिमसार तथा जामुनखाडी सामुदायिक बनबाट काठ तस्करी गरी बेचेको आरोपमा ४ जना पक्राउ परेको डिभिजन वन कार्यालय झापाले जनाएको छ ।

गोप्य सुचनाका आधारमा वन कार्यालयको पूर्व उपाध्यक्ष दिलकुमार राई, सन्तोष किस्कु, सन्तोष राई, लक्ष्मण लुंगेली, निर्मल कुमार राई पक्राउ परेको डिभिजन वन कार्यालय झापाका सिनियर वन अधिकृत जिवन पाठकले जानकारी दिए ।

घटनाका बिषयमा अनुसन्धान भइरहेको छ । अनुसन्धानको क्र्रममा पुर्व उपाध्यक्ष राई र स्थानीय सार्कीको चांहि चोरीमा संमलग्नता नभेटिएको उनले बताए । अहिले उनीहरु वन कार्यालय झापाको हिरासत कक्षमा छन् । उनीहरुलाई यहि कात्तीक ७ गते इप्रका सुरुङ्गा र सव डिभिजन वन कार्यालय कन्काईको टोलीले पक्राउ गरेको हो ।

उनीहरुले वन हाताभित्र घाटगद्दी गरेको र घेराबारा गरेको साल र अन्य जातको करीब १८ किबि काठ चोरी गरेर सुरुङ्गा स्थित युवराज खरेलको न्यु पाथिभरा फर्निचर उद्योगमा बिक्रि गरेका थिए ।

उनीहरुलाई अबैध रुपमा वन पैदावर चोरी निकासी मुद्धामा अनुसन्धान भइरहेको डिभिजन वन कार्यालयले जनाएको छ ।

यदि उनीहरु दोषि देखिए तीन महिना कैद वा बिगो बमोजिम जरिवाना हुने कानुनी प्रावधान रहेको वन अधिकारीको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *