चाराली व्यारेकमा उत्कृष्ट कवाज प्रर्दशन पुरस्कृतलाइ महासेनानीबाट सम्मान
राजकुमार अोली
दलेल कवाजमा सेनाका जवानहरुले उत्कृष्ट कवाज प्रदर्शन गरेकाछन ।
आज नेपाली सेनाको अरिदमन गणमा दलेल कवाजमा सेनाका जवानहरुले उत्कृष्ट कवाज प्रर्दशन गरेकाहुन ।
सोही अवसरमा आयोजित कार्यक्रममा सैन्यबाट सिपाही दर्जामा पदोन्नती भएका सेनाका जवानहरुलाइ समेत सम्मान गरिएको छ ।
नेपाली सेनामा रिक्त रहेको दरबन्दीमा पदपुर्ती गर्ने क्रममा भर्ना भएका १सय जना नेपाली सैनिकहरुको तालिम पश्चात यो किसिमका सम्मान गरिएको हो गत पुस देखि गतेदेखि चारआली ब्यारेकमा १०० जना सैन्य जवान समावेश गरी संचालन भएको सैन्य आधार तालिम आज बुधवार सम्पन्न भएको हो सोही अवसर पारेरअन्तिम दलेल कवाज भई पास आउट भएका छन् ।
चारआली ब्यारेकमा भएको अन्तिम दलेल कवाजमा सैन्य जवानहरुले उत्कृष्ट कवाज प्रदर्शन गरेका थिए । उक्त कार्यक्रममा २१ बाहिनी अड्डाका सहायक बाहिनीपति महासेनानी प्रज्वल रायमाझीको प्रमुख अतिथ्यतामा कार्यक्रम आयोजना गरिएको हो ।
उक्त सैन्य आधार तालिममा सैन्य राजकुमार मोक्तान प्रथम हुनु भएको थियो भने अन्य विभिन्न विद्यामा उत्कृष्ट हुनेहरुलाई समेत प्रमुख अतिथि रायमाझी ,झापाका प्रहरी प्रमुख प्रउ उत्तम केसी,लगाएतले सम्मान पत्रबाट पुरस्कृत गर्नूभएको थियो ।
सोही असवरमानव आयुक्त सिपाहीहरुलाई प्रमुख अतिथि महासेनानी प्रज्वल रायमाझीले बधाई तथा शुभकामना समेत दिनु भएको थियो ।
गौरवशाली ईतिहास बोकेको नेपाली सेनाका नयाँ सदस्यहरु पास आउट भएसंगै नेपाली सेनाको दरबन्दी पुरा गर्न विभिन्न युनिटमा नियुक्ती भएको जानकारी श अरिदमन गणका गणपति प्रमुख सेनानी प्राजु बस्न्यातले कार्यक्रममा जानकारी गराउनुभएको छ ।