माननिय होम थापा परिवारमा पितृशोक

नेकपा एमालेका केन्द्रीय सदस्य गोविन्द थापासहितका परिवार पितृशोक परेका छन् ।
उनका ९२ बर्षिय पिता हरिश्चन्द्र थापाको आज विहान ६.३० वजे दमक- ८ स्थित आफनै निवासमा निधन भएको हो । उनी लामोसमयदेखि अस्वस्थ्य थिए ।
दिवंगत हरिश्चन्द्रका जेठा छोरा होमबहादुर झापा,क्षेत्र न. ५ प्रदेश (ख) का निर्वाचित प्रदेश सांसद हुन भने गोविन्द पार्टी केन्द्रीय सदस्य हुन् ।

पारिवारिक स्रोतका अनुसार मृतकका पाँच छोरा र पाँच छोरी छन् । छोराहरु होमबहादुर ,बलबहादुर, बुद्दीमान , मनोज ,गोविन्द थापा र छोरीहरू लिला ओली, कमला निरौला, अनिता सुवेदी, अम्बिका कार्की, योगमाया भण्डारी छन् । छोरी लिलाका श्रीमान रोमनाथ ओली एमाले झापाका इन्चार्ज तथा दमक नगरपालिकाका पूर्व नगर प्रमुख हुन् ।
दिवंगत थापाको पार्थिव शरीरलाई आज दिउँसो १ः०० बजे पवित्र कन्काई नदीमा दाहसंस्कार गरिने परिवारिक स्रोतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array