वरिष्ठ साहित्यकार सरोज ओलीको निधन भएको छ।
आज शुक्रबार बेलुका ३ बजे साहित्यकार ओलीको निधन भएको हो।
गत अघिल्लो हप्तादेखि बिर्तामोडको बिएनसी मेडिकल कलेजमा उपचाररत ओलीको स्वास्थ्यमा समस्या गम्भीर बन्दै गएको थियो।

दशैंको लगत्तै बिएनसी मेडिकल कलेजमा उपचार सुरु गर्नुभएका सरोज ओलीको भोलि शनिबार ११ बजे कन्काई माईमा अन्तष्टि गरिने छोरा निरज ओलीले जानकारी दिनुभएको छ।

नेपाली साहित्यको वामपन्थी आन्दोलन मा सक्रिय भूमिकामा रहनुभएका सरोज ओली का विभिन्न पुस्तकहरू प्रकाशित भएका छन्।
ओलीवंश समन्वय केन्द्रीय समितिका संरक्षक समेत रहनुभएका ओलीको लामो समयदेखि ओलीवंशावली तथा वंश उत्थानमा अतुलनीय योगदान रहेको संस्थापक महासचिव एवं संरक्षक नारायण ओलीले जानकारी दिनुभयो।

सरोज ओलीको अहिले अर्जुनधारा नगरपालिकाको शनिश्चरे बजार नजिकमा रहेको निजी निवासमा पार्थिव शरीर राखिएको र भोलि शनिबार बिहान ११ बजेबाट सब यात्रा सुरु गरिने छोरा सार्दुल ओलीले जानकारी दिनुभएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *