कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले नेपाल संबत ११४५ को शुभकामना दिएका छन् ।

आज नेपाल सम्बत्को अवसरमा नेपालको मौलिक सम्बत् रहेको बताउँदै मुख्यमन्त्री कार्कीले नयाँ वर्षले सद्भाव, सहिष्णुता र र बन्धुत्वको भावना वृद्धि हुने विश्वास व्यक्त गरेका छन् ।

उनले नेपालीहरुको हरेक चाडपर्वहरुले नेपाली समाजको सहिष्णुता र एकतालाई प्रर्वद्धन गर्ने बताएका छन् ।मुख्यमन्त्री कार्कीले लिच्छवी राजा राधवदेवको पालामा १४४५ वर्ष अघि राष्ट्रिय विभुति शंखधर साख्वाःले काठमाडौं उपत्यकाका किसानको ऋण मोचन गरी नेपाल सम्बत् चलनमा ल्याएको उल्लेख गर्दै उहाँको यो कार्यले लोककल्याण एवं समाजको हित, उन्नती र प्रगतिका लागि क्रियाशिल रहन सबैलाई प्रेरणा मिल्ने समेत विश्वास व्यक्त गरेका छन् ।

नेपाल सम्बत् ११४५ को शुभकामना व्यक्त गर्दै मुख्यमन्त्री कार्कीले चाडपर्व र असल परम्पराले आदिकालदेखि नै सहिष्णु तथा सभ्य रहेको हाम्रो समाजको एकतालाई थप सुदृढ बनाउँदै लगेको विज्ञप्तीमा उल्लेख गरेका छन् ।

कार्तिक कृष्ण प्रतिपदा तिथी अर्थात लक्ष्मीपुजाको भोलिपल्टबाट नेपाल सम्बत् सुरु हुन्छ । आज विषेश गरी नेवार समुदायले नेपाल सम्बत्लाई धुमधामले नयाँ वर्षका रुपमा मनाउने गरेका छन् ।

काठमाडौं उपत्यकाभित्र नेवार समुदायले नयाँ वर्षसँगै लक्ष्मीपूजाको दिन पुरानो बहिखाता बन्द गरी आजबाट नयाँ बहिखाता सुरु गर्ने गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *