राजकुमार ओली
विर्तामोड नगरपालिका भित्र कर्मचारीहरुको विवाद समाचारमा आए जस्तो नभएको कर्मचारीहरुले बताएकाछन ।
आफुहरुलाइ नियतबस बदनाम गराउने योजनाको साथ केही व्याक्तिहरुको कारण मात्रै नियोजित समाचार प्रकाशित गरिएको कर्मचारीहरुको आरोप छ ।
विर्तामोड नगरपालिकामा विगत वर्षहरु देखि नै प्रमुख प्रशासकिय प्रमुख र शाखा प्रमुख बन्ने बनाउने सवालमा कर्मचारीहरु विचमा हानाथाप हुनु समान्य भएपनि यो विषय सवै पालिकाहरुमो हुने गरेको सामान्य विषय भएको कर्मचारीहरुको बुझाइ छ ।
तर केही व्याक्तिहरुको प्रभावमा परि आफ्ना ठेक्काका विषयमा आँखा चिम्लिदिन गरिएको अनुरोधमा कर्मचारीहरुले असहयोग गरेको कारण देखाँउदै देखाइने धम्कि आइरहनु र सोही अनुसारको समाचार बाहिर प्रकाशित हुनुले कोही प्रभावमा परेको कर्मचारीको बुझाइ छ ।
तर समाचारमा आएको विषयलाइ गम्भिर भएर खण्डन गर्न नसक्नुले भने समाचारमा लेखिएको विषयमा असत्यता मात्रै नभएको र कर्मचारीहरुमा भएको कमजोरी सच्चिनु जरुरी देखिएको छ।
अवको दिनमा विर्तामोड नगरपालिकाका कर्मचारीहरुले विगतमा देखिएको कमजोरीबाट जोगिनु जरुरी छ भने स्थानिय तहहरुमा कुनै सुधारका कामहरु भए जनता र नागरिकहरुले खवरदारी गर्नू पर्ने पनि नागरिकहरुको वुझाइलाइ नकार्न सकिदैन।
कर्मचारीहरु विचमा हाताथाप र बोलचाल नै बन्द भएको भनिएको जस्तो स्थिती नदेखिएको भएपनि सवथोक सुन्दर भने नभएको कर्मचारीहरु स्विाकार्नुहुन्छ ।
अवको दिनमा कर्मचारी र नागरिक अनि सरोकारबाला दलहरु विचमा एकता सहकार्य र सद्भाव हुनु जरुरी देखिएको छ ।
बिर्तामोड नगरपालिकाका विभागीय कर्मचारीहरुको असहयोगका कारण प्रमुख प्रशासकीय अधिकृतहरु बारम्बार फेरिइरहेको भनी सञ्चार माध्यमहरुमा आएको समाचारप्रति उनीहरुले असहमति जाहेर गरेका छन् ।
बुधबार निमित्त प्रमुख प्रशासकीय अधिकृत तिलचन भण्डारीसहित अन्य तीन दर्जन कर्मचारीहरुले सामुहिक हस्ताक्षर गरेर जारी गरिएको प्रेस विज्ञप्तिमा समाचारहरुमा आएजस्तो व्यवहार नभएको जिकिर गरिएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘नगरपालिकाका सबै शाखा प्रमुख र कर्मचारीहरुमा समाचारमा आएजस्तो तिक्ततापूर्ण व्यवहार नभएको र प्रक्रियागत आएका कुनै पनि योजना प्रभावित नभएको जानकारी गराउँदछौं ।’