तिहारको अवधिमा सुनसरी प्रहरीले ३१ जना जुवाडेलाई पक्राउ गरेको छ । तिहारको समयमा जिल्लाका विभिन्न स्थानमा जुवातास खेल्ने क्रममा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
सुनसरीको बराहक्षेत्र नगरपालिका-३ नडाहाबाट १५ जना र इनरुवा नगरपालिका-६ मधेषाबाट १६ जना जुवातास खेलिरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सनुसरीले जानकारी दिएको छ ।
मधेषामा जुवातास खेल्नेहरुको साथबाट २ लाख ८३ हजार ९ सय ६५ रुपैयाँ र बराहक्षेत्रको नडाहाबाट ९ लाख लाख ६८ हजार रुपैयाँ बरामत गरिएको सुनसरी प्रहरीले जनाएको छ । कात्तिक १७ गते राति मधेषाबाट पक्राउ परेका १६ जना र कात्तिक १८ गते बिहान नडाहाबाट पक्राउ गरिएका १५ जनालाई मंगलबार ८ दिनको म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायव उपरीक्षक रामप्रसाद तिमल्सिनाले जानकारी दिए ।
सुनसरी जिल्ला अदालत बन्द भएका भएका कारण दुई दिनअघि पक्राउ गरिएको भए पनि उनीहरुलाई म्याद थप गर्न सकिएको थिएन । मंगलबारबाट अदालत खुलेसँगै उनीहरुलाई म्याद थप गरिएको सुनसरी प्रहरीले जनाएको छ ।ekantipurbata