नेपालकै टप टेनमा पर्न सफल कर्णाली सहकारीको २४ औ बार्षिक साधरण आज आइतवारबाट शुरु भएको छ ।
झापाको विर्तामोडमा केन्द्रिय कार्यलय भएको कर्णाली बचत तथा रिन सहकारीको २४ औ बार्षिक साधरण सभा आजबाट शूरु भएको हो ।
साधरण लाइ विर्तामोड ४ का वडा अध्यक्ष राहुल शर्माले एक कार्यक्रमका विच उद्घाटन गर्दै ५६ हजार ४सय ९ जना शियर सदस्य रहेको यो सहकारीले ४हजार जना शियर सदस्यहरुलाइ विभिन्न किसिमका सहयोगहरु गरेको देखिएकोले यस्ता अभियानहरुले सहकारीमा जनताको विस्वास थििपदै जाने बताउनुभएको हो ।
झापा सहितका इलाम मोरडं लगाएतका क्षेत्रमा ४६ वटा सेवाकेन्द्र बाट सेवा सन्चालन भइरहेको र अवको दिनमा सेवाकेन्द्रलाइ मर्च गर्दै आर्थिक भारलाइ कटौती गर्दै लैजाने योजना राखिएको अध्यक्ष टि एस प्रधानले प्रतिवेदन पेश गर्दै सदस्यहरुलाइ जानकारी दिनुभएको छ ।
सोही अवसरमा विभिन्न कारणले गम्भिर विरामी भएको ,दुर्घटनामा परेको तथा अन्य कारणले जोखिममा रहेको आफ्ना शियर सदस्यहरुलाइ समेत सहकारीले राहत तथा आर्थिक सहयोग गरेको छ ।हाल सस्थामा ५४ करोड नाफा भएको भएपनि बजारबाट ११ करोड रुपैया व्याज उठ्न बाकी भएकोले सस्थांलाइ जोखिममा नपार्न र समयमा रिनको व्याज तिर्न सदस्यहरुलाइ अनुरोध गरिएको सचिव भुपाल बस्नेतले जानकारी दिनुभएको छ ।
हाल ४१ सेवाकेन्द्र सन्चालनमा रहेको र सवै सेवा केन्द्रको इकाइ साधरण सभा सकेर आउने मसिर १४गते म्याइन्युट प्रमाणित अधिवेसन आयोजना गर्न तयारी गरिएको अध्यक्ष टिएस प्रधानले जानकारी दिनुभएको छ ।