कन्काइ ६ का वडाअध्यक्ष पदका लागि मास्टर डिग्री होल्डरका रुपमा रहेका व्यक्तित्व तुलाराम बस्नेतको व्यक्तित्व परिचय सहित एमाले झापा अध्यक्ष गिरीले उम्मेद्वार घोषणा गर्नूभएको छ ।
पार्टीको जिल्ला कमिटी पुर्व सदस्य साथै क्षेत्रीय कमिटीका पुर्व सचिव समेत रहेका पुर्व जनप्रतिनिधि तुलाराम बस्नेतलाई वडाअध्यक्ष पदका लागि उम्मेद्वार घोषणा गरिएको हो । साविक घैलाडुवा गाविसको निर्वाचित उपाध्यक्ष भएर एक कार्यकाल जनप्रतिनिधिको अनुभव बटुलीसकेका बौद्धिक व्यक्तित्व बस्नेत बिगत लामो समयदेखी कम्युनिष्ट आन्दोलनमा क्रियाशिल छन् ।
२०३८ देखी नै कम्युनिष्ट आन्दोलनमा सक्रिय रहेका बस्नेतले पुर्व नेकपा मालेबाट राजनीतिक जीवन सुरु गरेका हुन् । स्थानीय कम्युनिष्ट नेताहरु सूर्यप्रकाश उप्रेती, कमलपन्त, बलराम गजुरेल, बेदप्रसाद खतिवडा लगायतको प्रभाव र प्रेरणा प्राप्त गरी कम्युनिष्ट आन्दोलनमा होमिएका बस्नेतले साविक घैलाडुवा गाउँ कमिटीको सदस्य साथै दोस्रो अधिबेसनबाट दुई कार्यकाल सचिवको जिम्मेवारी सफलतापुर्वक निर्वाह गरेका थिए । पार्टीको इलाका नं।१० को सदस्य समेत रहेका बस्नेत विभिन्न सामाजिक साथै शैक्षिक संघसंस्थामा समेत सक्रिय छन् ।
कार्यक्रममा एमाले झापाका ईञ्चार्ज समेत रहेका केन्द्रिय सदस्य रोमनाथ ओली, केन्द्रिय सदस्य हरिबहादुर राजवंशी, केन्द्रिय सल्लाहकार परिषद सदस्य सूर्यप्रसाद उप्रेती, प्रदेश सभा पुर्व सदस्य हीराकुमार थापा, एमाले प्रदेश कमिटी सदस्य एवं कनकाई नगर ईञ्चार्ज मन्जु प्रसाईँ, शिवसतक्षी नगर ईञ्चार्ज चन्द्रकुमार शेर्मा, कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेल, बिर्तामोड नगरपालिका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, एमाले जिल्ला उपाध्यक्ष शिव ढुङ्गेल, विर्तामोड अध्यक्ष सुवास भट्टराई, पार्टीको कनकाई नगर कमिटी लगायत विभिन्न तह र तप्काका नेता तथा कार्यकर्ताहरुको उपस्थितीमा कनकाई ६ स्थित चम्पापुरमा घोषणा सभा सम्पन्न भएको निर्वाचन परिचालन कमिटीका संयोजक धर्मेन्द्र भट्टराईले जानकारी दिए । सोही अवसरमा एमाले वडा कमिटीको सम्पर्क कार्यालय समेत उद्घाटन गरिएको छ ।
एमाले केन्द्रिय सदस्य हरीबहादुर राजवंशीले कार्यालयको उद्घाटन गरेका हुन् ।
निर्वाचित वडाअध्यक्ष दीर्घबहादुर थापाको ६६ बर्षको उमेरमा गत असारमा निधन भएपछि रिक्त वडा अध्यक्ष पदको लागि निर्वाचन हुन लागेको हो ।
