अभिभावकहरूको चाहनालाई सम्बोधन गरेर विद्यार्थीहरूलाई नृत्य प्रशिक्षण गराउन सुरु

0
SHARES
11
VIEWS

चारपाने ।
सामुदायिक विद्यालयमा अतिरिक्त क्रियाकलाप कम हुने र त्यस्तै क्रियाकलाप गराएर विद्यार्थी र अभिभावहरूलाई आर्कशित पार्दै आएका निजी विद्यालय चर्चामा रहने गरेको अवस्थामा झापाको बिर्तामोड–२ चैतुबारी स्थित पञ्चरत्न माध्यमिक विद्यालयले विद्यार्थी र अभिभावकहरूको चाहनालाई सम्बोधन गरेर विद्यार्थीहरूलाई नृत्य प्रशिक्षण गराउन सुरु गरेको छ ।
आज ९मंगलबार० एक औपचारिक कार्यक्रम आयोजना गरेर पञ्चरत्नले आजबाट विद्यार्थीहरूलाई हप्ताको एक दिन नृत्यु प्रशिक्षण गराउने भएको हो ।
कक्षा ५ देखि १० सम्मका इच्छुक विद्यार्थीहरूलाई नृत्य प्रशिक्षण गराइने विद्यालयका प्रधानाध्यापक योगेन्द्रमणि दाहालले बताए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भवानीप्रसाद ओलीको अध्यक्षतामा आयोजित नृत्य प्रशिक्षण उद्घाटन कार्यक्रममा आयोजना भएको थियो ।
विद्यालयका बालबालिका तथा शिक्षा सञ्चार प्रमुख सरोज पौडेलको सहजिकरणमा नृत्य कक्षा सुरु भएको हो ।
नृत्य कक्षा सञ्चालनको लागि स्थानीय युवा गोविन्द गिरीले ११ हजार सहयोग प्रदान गरेका छन् ।
हरेक साताको एक दिन मनीषा लिम्बू र चोलोहाङ लिम्बुले प्रशिक्षण दिने छन् ।
पहिलो चरणमा ४० जना विद्यार्थीहरूले नृत्य प्रशिक्षणमा भाग लिएका छन् ।
कार्यक्रममा शिक्षा सहकारीका अध्यक्ष सुव्रत न्यौपानेले विद्यालयका लागि संस्थाको निमय अनुसार सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।
कार्यक्रमको सञ्चालन शिक्षक दलबहादुर खड्काले गरेका थिए

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार