नयाँ मिलन साकोसले आठौ बार्षिक साधरण सम्पन्न गरेको छ सोही अवसर पारेर नयाँ मिलन बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आठौ साधरण सभाको अवसरमा सदस्यले निक्षेप फिर्ता मागेको समयमा दिनसक्ने गरी तरलता व्यवस्थापन गरिएको जनाएको हो ।
सोमबार बिर्तामोडमा आयोजित संस्थाको आठौं वार्षिक साधारण सभामा अध्यक्ष पशुपति बरालले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै गत असार मसान्तमा तरलता रकम पल्स मापदण्डभन्दा माथि १० करोड १ लाख १२९ रुपैयाँ राखिएको र आगामी आर्थिक वर्षबाट न्यूनतम २० प्रतिशत तरलता संचित गर्ने जानकारी दिए ।
संस्थाको कुल सम्पत्ति ४२ करोड ६४ लाख ३५ हजार ७५५ रुपैयाँ रहेको जानकारी गराउँदै अध्यक्ष बरालले चालू वर्षबाट २० प्रतिशत तरलता राखेर सोभन्दा बढी रकम मात्र सदस्यहरुलाई कर्जा लगानी गरिने नीति अवलम्बन गरिएको घोषणा गरे ।
कुल सम्पत्ति मध्ये लगानी गरिएको रुपैयाको भने भनेजस्तो व्याज र सांवा उठ्न नसकेको सन्चालकहरुको भनाई छ यो झापाका धेरै सहकारीहरुको समस्या भएपनि आफुहरुले समेत सोही समस्याबाट ग्रसित भएको शियर सदस्यहरुको गुनासो देखिएको छ।
साँवा व्याज नै तिर्न पर्दैैन भन्ने केही अभियानकमीैहरुको झापामा प्रभाव परेकोले पनि सोचेजस्तो लगानी उठाउन नसकिएको प्रतिवेदनले देखाएको पाइएको हो ।
झापा जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकालको प्रमुख आतिथ्यमा उद्घाटन गरिएको साधारण सभामा अध्यक्ष बरालले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै गत वर्षभन्दा ३४७ जना शेयर सदस्य अर्थात् १० प्रतिशत बृद्धि भएको, बचततर्फ ६ करोड ९६ लाख ५४ हजार ८६२ रुपैयाँ अर्थात २३ दशमलव ४३ प्रतिशत वृद्धि भएको, कर्जा लगानीतर्फ २ करोड ५८ लाख ६६ हजार २२४ रुपयाँ अर्थात ८ दशमलव ९२ प्रतिशत वृद्धि गर्न संस्था सफल भएको जानकारी दिए ।
साधारण सभामा संस्थाको लेखा सुपरीवेक्षण समितिका संयोजक प्रमिला बोहोराले आफ्नो समितिको प्रतिवेदन प्रस्तुत गरेकी थिइन् ।
सो अवसरमा संस्थामा उत्कृष्ट कारोबार गर्ने ४१ जना सेयर सदस्यहरु र ४ जना उत्कृष्ट कर्मचारीलाई सम्मान गरिएको थियो ।
सो समारोहमा प्रमुख अतिथि ढकाल, जिल्ला बचत तथा ऋण सहकारी संघका वरिष्ठ उपाध्यक्ष उपेन्द्रप्रसाद ओली, बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपाने, नेपाल उद्यमशील महिला संघकी अध्यक्ष पार्वता खरेल विमली लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
संस्थाका व्यवस्थापक सुमित्रा रेग्मीले शाब्दिक स्वागत गरेको सो कार्यक्रमको सञ्चालन हेमन्त संग्रौलाले गरेका थिए ।