पूर्वी नाका काकरभिट्टाबाट दुई बंगलादेशी पक्राउ

भारतबाट अबैध बाटो हुँदै नेपाल प्रबेश गर्दै गरेका २ जना बंगलादेशी नागरिकलाई सशस्त्र प्रहरीले सीमा नाकाबाट पक्राउ गरेको छ ।

आज दिउँसो मेचीनगर नगरपालिका–७ को गैरीगाउँ र भारत दार्जिलिङको रानिगंज पञ्चायत पानीट्याङ्की सीमा स्थित सहायक सीमा स्तम्भ ९०÷३ नम्बर नजिकैबाट नेपाल प्रवेश गरिरहेका २ जना बंगलादेशी नागरिक पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा बंगलादेश घर बताउने अन्दाजी बर्ष २२ का अब्दुल रहमान र बर्ष २५ का रियाद हुसेन रहेका छन् ।

सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट सतिघट्टाका सशस्त्र प्रहरी हबल्दार सत्य नारायण राजवंशीको कमाण्डमा खटिएको सीमा पिकेट टोलीले बुधबार उनीहरुलाई शंका लागि सोधपुछ र चेकजाँच गर्दा भारतबाट अबैध बाटो हुँदै नेपाल प्रबेश गर्दै गरेका बंगलादेशी नागरिक रहेको पुष्टि भएको थियो ।

उनीहरुको साथबाट बंगलादेशी टाका १५०० र २ थान मोबाईल फेला परेको, कुनैपनी परिचय पत्र र नेपाल प्रबेश गर्ने अनुमति नभएको पाइएको प्रहरीको भनाई छ ।

सशस्त्र प्रहरी बल नेपाल नं.२ गण हेटक्वाटर झापाका सूचना अधिकारी सशस्त्र प्रहरी नायव उपरिक्षक महेशराज बिष्टले पक्राउ परेका उनीहरुलाई अध्यागमन कार्यालय काँकरभिट्टा बुझाइएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array