पूर्वाञ्चल दैनिक ३० वर्षमा प्रवेश_

पूर्वाञ्चल दैनिक पत्रिका आजबाट ३०औं वर्षमा प्रवेश गरेको छ ।
लेटर प्रेसबाट शुरु भएको पूर्वाञ्चल दैनिक पत्रिका प्रकाशनको ३० वर्षमा प्रवेश गरेको हो। बिर्तामोड नगरपालिका–१मा मुख्य कार्यालय रहेको पूर्वाञ्चल श्री अन्तु प्रकाशन प्रालिद्वारा प्रकाशन हुँदै आएको छ ।
पूर्वाञ्चल दैनिक आज मंसीर १ गते २९ बर्ष पूरा गरी ३० बर्षमा प्रवेश गरेको हो । मोफसलमा पहिलोपटक अफसेट प्रविधि भित्र्याउन सफल पूर्वाञ्चल दैनिक प्रेस काउन्सिल नेपालद्वारा ‘क’ श्रेणीमा वर्गीकृत पत्रिका हो ।
संस्थाका अध्यक्ष टोरुप प्रसाई, प्रकाशक भरतलाल गिरी र प्रधान सम्पादक एकराज गिरीले पूर्वाञ्चल ३० वर्षमा प्रवेश गरेको अवसरमा समूर्वा पाठक, विज्ञापनदाता लगायत शुभेच्छुकहरुलाई कृतज्ञता ज्ञापन गरेका छन् ।
३० वर्ष प्रवेशसँगै पत्रिकाले प्रिन्ट मिडियासंगै डिजिटल मिडियालाई समेत प्रभावकारी बनााउने जनाइएको छ । कोशी प्रदेशका विभिन्न जिल्ला तथा भारतको केही स्थानमा समेत प्रत्यक्ष रुपमा पत्रिकाको विक्री वितरण हुँदै आएको पूर्वाञ्चल दैनिकले प्रविधिको विकाससँगै www.purwanchaldaily.com नामक अनलाइन पोर्टलमार्फत विश्वभरका पाठकमाझ आफ्नो पहुँच कायम गर्न सफल भएको छ । यसमार्फत ताजा अपडेट र रंगीन ई–पेपर मोवाइलबाटै पढ्न पाठकलाई सहज भएको छ ।
पत्रिकालाई अझ जिम्मेवार र गुणस्तरीय बनाउनका साथै अनलाइनलाई सशक्त बनाउने उद्देश्यले अनलाइनमार्फत विभिन्न कार्यक्रमहरु तथा सूचनालाई प्राथमिकताका साथ प्रकाशन तथा प्रशारण गर्दै आएको प्रधानसम्पादक एकराज गिरीले बताए । श्री अन्तु प्रकाशन प्रालिद्वारा प्रकाशित पूर्वाञ्चललाई मोफसलमा पहिलोपटक कर्पोरेट हाउसको रुपमा विकास गरेर लैजाने प्रधान सम्पादक गिरीको भनाइ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array