आज बिहान हात्तीको आक्रमणबाट दमकका भण्डारीको मृत्यु भएको छ।
हात्तीलाई खेदाउँदै गरेका दमक तीन का मिनबहादुर भण्डारीको १०० मिटरसम्म लखेट्दै हात्तीले भण्डारीलाई पछारेपछि मृत्यु भएको हो।
झापाको दमकमा हात्तीले आक्रमण गर्दा भण्डारीको घटनास्थलमै मृत्यु भएको स्थानीयबासीले जनाएका छन् ।

हात्तीको आक्रमणबाट दमकका ४५ वर्षीय मीनबहादुर भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता कृष्णप्रसाद चन्दले जानकारी दिए ।

आज बिहान २ बजे दमक-३ दिपज्योति टोलमा जंगलबाट आएको एउटा हात्तीले लखेट्दै लछारपछार पार्दै पछार्दा उनको मृत्यु भएको हो ।

स्थानीय सुविन भट्टराईको भान्साघर भत्काउन लाग्दा छिमेकी भण्डारीले हात्ती धपाउन खोज्दा उनलाई १०० मिटर परसम्म हात्तीले लखेटेर उचालेर पछारेको थियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *