नेपाल एभरेष्ट कार्डमम प्रोडक्सन एण्ड प्रोसेसिङ प्रा.लि बिर्तामोड झापाबाट उत्पादित अलैंचीका विभिन्न उत्पादन बजारमा सार्वजनिक गरिएको छ ।
स्वदेशी कृषिजन्य उत्पादनको प्रबद्र्धन गर्ने उद्देश्यले बिर्तामोड–४ मा नेपाल एभरेष्ट कार्डामम प्रोडक्सन एण्ड प्रोसेसिङ प्रालि सञ्चालनमा आएको हो ।आज एक कार्यक्रमका बीच कोशी प्रदेशका कृष तथा सहकारी मन्त्री खेनगसिंह हाङ्गामले उक्त उद्योगको उद्घाटन गर्नुभयो ।
उद्योग उद्घाटन गर्दै मन्त्री हाङ्गामले प्रदेश सरकारले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेको बताउनुभयो ।
नगदेबाली र कालो सुनको उपनामले चिनिने अलैंचीको कारोबारमा देखिने समस्या समाधानका लागि पहल गर्ने उहाँले बताउनुभयो ।
आफू अलैंची कृषक समेत रहेको बताउँदै उहाँले सरकारले स्पष्ट नीति नबनाउँदा समस्या दोहोरिरहेको उहाँले उल्लेख गर्नुभयो ।
Capture 5
कम्पनीका अध्यक्ष ओम कृष्ण बिमलीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमलाई एभरेष्ट कार्डमम प्रोडक्सनकि सञ्चालक पार्वता बिमली खरेल ले स्वागत गर्नु भएको थियो ।
नेपाल एभरेष्ट कार्डामम प्रोडक्सनका अध्यक्ष ओमकृष्ण बिमलीले अलैंचीलाई प्रशोधन गरेर ‘एभरेष्ट शान’ ब्राण्ड अन्तरगत ३० प्रकारका मसलाजन्य उत्पादन गरिएको बताउनुभयो । स्वदेशमै उपलब्ध मसलाजन्य कृषिवस्तु अलैंची, अदुवा, तेजपात, टिमुर लगायतको प्रयोग गरिएको बताउँदै उहाँले भन्नुभयो, “उद्योगमा ८० प्रतिशत कच्चा पदार्थ स्वदेशी रहेको छ ।
उत्पादित समग्री बिक्रीका लागि दुबई बिक्री कक्ष स्थनापना भइरहेको बताउँदै अध्यक्ष बिमलीले क्यानाडामा समेत बिक्री कक्ष सञ्चालनको तयारी भइरहेको जानकारी दिनुभयो ।
उद्योगलाई यूएसएआइडीको ट्रेड एण्ड कम्पोटिटिभनेस प्रोग्रामको सहयोगमा एनईसीले अत्याधुनिक मेसिन प्रदान गरेको छ ।
युएसआईडीका जेसन सुकले उन्नत प्रशोधन क्षमता गरिँदा नेपाली अलैंचीको बजारीकरणमा सहयोग मिल्ने बताउनुभयो । उहाँले भन्नुभयो, “यसले नेपाली अलैंचीले अन्तर्राष्ट्रियस्तरमा बृद्धि र पहिचान बनाउने छ ।
कार्यक्रममा बिर्तामोड नगरपालिका नगरप्रमुख पवित्रा महतरा प्रसाईं, झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोला, नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य उमेश डालमिया, व्यापार तथा निकासी प्रबद्र्धन केन्द्रका निर्देशक डा.शरदबिक्रम राणाले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
उद्योगकी निर्देशक पार्वता खरेल बिमलीले एभरेष्टशान ब्राण्डमार्फत् अन्तर्राष्ट्रिय बजारमा नेपाली उत्पादन पु¥याउन आफूहरु लागिपरेको बताउनुभयो ।
प्रमुख कार्यकारी अधिकृत प्रज्वल बिमलीले धन्यवाद ज्ञापन गर्नुभएको कार्यक्रमको सञ्चालन सञ्चारकर्मी केशव भट्टराईले गर्नुभएको थियो ।