इन्द्र चन्द्र क्याम्पसलाइ क्यूएए प्रमाणपत्रका लागि सभामुख घिमिरेले पहल गर्ने

सरस्वती मिश्र विर्तामोड
इन्द्र चन्द्र क्याम्पसलाइ क्यूएए प्रमाणपत्रका लागि सभामुख देवराज घिमिरेले पहल गर्ने बताउनुभएकोछ।
बुधवार आज क्याम्पसमा आयोजित ११ औं क्याम्पस सभामा बोल्दै सभामुख घिमिरेले त्यसका लागि आवश्यक मापदण्ड पुरा गर्न आग्रह गर्नुभएको हो ।

बिर्तामोड–६ मा रहेको क्याम्पसको ११ औं सभामा बोल्दै प्रमुख अतिथि सभामुख घिमिरेले शैक्षिक क्षेत्रमा इन्द्रचन्द्र शालिग्राम बनेको धारणा राख्नुभएको छ । शिक्षा क्षेत्रमा तीब्र प्रतिष्पर्धा भइरहेको बताउँदै सोही अनुसार मेहनत गर्न क्याम्पस परिवारलाई आग्रह गर्नूभएको हो । ।

, पछिल्लो समय विद्यार्थीहरु गुणस्तरीय र सुविधा सम्पन्न शैक्षिक संस्था खोजिरहेका छन् , त्यस अनुसार व्यवस्थापन मिलाउन नसकिए विधार्थी विदेश पलायत हुने चिन्ता देखिएको सहभागीहरुले शुभकामना मन्तव्य राख्दै आफनो धारण बताउनुभएको छ ।

शिक्षा र स्वास्थ्यमा हब बनेको बिर्तामोडमा अस्पताल, शैक्षिक संस्थाहरुबीच प्रतिष्पर्धा भइरहेको उहाँहरुको भनाई छ । प्रतिष्पर्धाबाट उत्कृष्ट बन्न आग्रह गर्दै विर्तामोड नगरपालिकाका प्रमुख पवित्रा महताराले यातायातको नाममा रुवाबासी नगर्न अनुरोध गर्नूभएको छ । धेरै व्यापारी व्यवसायी र समाजसेवीहरु भएको बिर्तामोडमा यातायात व्यवस्थापनको लागि केही समस्या हुदैन, महताराले भन्नुभयो – ।

शिक्षा क्षेत्र पुरानै नीति अनुसार चलिरहेको भन्दै प्रमुख महताराले शिक्षा विद्येयक छिट्टै पास गरेर ऐन निर्माणमा भूमिका खेलिदिन नेपाल सरकार सँग आफुहरुल्ो माग गरेको बताउनुभएको छ ।

क्याम्पस प्रमुख प्रकाश दाहालले क्याम्पसको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थियो भने क्याम्पसले गरेको प्रगति र आगामी चुनौतिहरु समेत सार्वजनिक गर्दै घट्दो विद्यार्थी संख्या प्रति सरोकारवालाको ध्यानाकर्षण गराउनुभएको थियो । भौतिक पूर्वाधारमा सम्पन्न भएर पनि यातायात सुविधा नहुँदा विद्यार्थीहरु भर्ना गराउन नसकेको सहभागीहरुको गुनासो छ । क्यूएए पाएपछि क्याम्पसले नयाँ फड्को मार्ने विधाथीै अगुवाहरुले सभामुख संग आसा पलाएको बताएका छन ।

सो अवसरमा जग्गादाता, अक्षयकोषका दाताहरु, उत्कृष्ट विद्यार्थीलाई सम्मान गरिएको छ ।
क्याम्पसका अध्यक्ष हरिचरण शिवाकोटीको अध्यक्षतामा भएको कार्यक्रममा बिर्तामोड नगर प्रमुख पवित्रा महतारा प्रसाई, शनिश्चरे क्याम्पसका प्रमुख मोहन ओली, बिर्तामोड ६ का वडाध्यक्ष सुर्य कन्दङ्वा, एकीकृत समाजवादीका बिर्तामोड इञ्चार्ज श्रीप्रसाद मिश्र, स्ववियु सभापति पवन दाहाल लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो

क्याम्पस सञ्चालक समितिका सदस्य एवम् जग्गादाता राजेन्द्र थापाले स्वागत गरेको कार्यक्रममा ‘इन्द्रचन्द्र दर्पण’ विमोचन गरिएको छ । प्रमुख अतिथि घिमिरेसहित अतिथिहरुले विमोचन गरेको प्रशासन प्रमुख बद्री भट्टराईले सन्चालन गर्नूभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array