राजकुमार ओली आसाम
नेपाली साहित्यका मुर्धन्य व्यक्तित्व प्राडा देवी नेपाललाई अन्तर्राष्ट्रिय साहित्य पुरस्कार ले सम्मानित हुनुहुने भएको छ।

नेपाली साहित्य लेखनमा उल्लेख्य योगदान गरेबापत र नेपाली भाषीहरूको भाषा साहित्य कला र गजल लेखनमा उल्लेख्य योगदान पुर्याएका युवा कवि प्राडा देवी नेपाललाई आसामको निरु शर्मा पराजुली अन्तर्राष्ट्रिय साहित्य पुरस्कारबाट सम्मानित हुनुहुने भएको हो।
असम नेपाली साहित्य सभा को स्वणजयन्ती एवं १६औं महाधिवेशनको अवसरमा नेपालका वरिष्ठ युवा साहित्यकार प्राडा देवी नेपाललाई नेपाली रु १ लाख नगदसहित अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित गर्न लागिएको हो।

असम नेपाली साहित्य सभा का सभापति दुर्गा खतिवडा कार्यकारी सभापति डाक्टर चिन्तामणि शर्मा एवं मूल सचिव मदन थापा द्वारा हस्ताक्षरित पत्रबाट नेपालका प्राडा नेपाललाई अन्तर्राष्ट्रिय साहित्य पुरस्कारबाट सम्मानित गर्न लागिएको जानकारी दिएको हो।
सम्मानित हुनुहुने डाक्टर नेपाललाई आउने डिसेम्बरको ५ तारिखका दिन आसाममा हुने स्वर्ण जयन्ती समारोहमा पुरस्कृत गर्न लागिएको सभापति खतिवडाले पूर्व खबरलाई जानकारी दिनुभयो ।

प्राडा नेपाल नेपाली गजल को अभियानमा र छन्द बादि अभियानमा लामो समयदेखि सक्रिय रहनुभएका छ भने प्राज्ञ समेत भइसक्नुभएका प्राडा झापाको गोलधापमा जन्मिएर दाङको विश्वविद्यालयबाट पीएचडी गरी नेपाली साहित्यमा अतुलनीय योगदान पुर्‍याउने एक योद्धा हुनुहुन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *