अर्जुनधारा जलेश्वर धाममा बालाचतुर्दशी पर्ब भब्य

0
SHARES
7
VIEWS

पूर्वको पशुपतिनाथले परिचित झापाको अर्जुनधारा जलेश्वर धाममा यस बर्षको बालाचतुर्दशी पर्बलाई भब्य बनाइएको छ ।

यस बर्षको बालाचतुर्दशी पर्ब मनाउन तथा शत्बीज छर्न आएका भक्तजनले धाममा आयोजना गरिएको अष्टोत्तोरशत् १०८ श्रीमद् भागवत पाठपारायण तथा हवनात्मक महायज्ञमा समेत सहभागिता जनाई पुण्यको भागी बन्न पाउने धामका मूल अर्चक अग्नीप्रसाद सिग्देलले बताउनुभयो

बालाचतुर्दशी पर्ब मनाउन तथा शत्बीज छर्न देश(विदेशबाट भक्तजन आइपुगेर आफ्ना पितृको स्मरण गरी दीप प्रज्वलन गरेको सिग्देलले बताउनुभयो
भक्तजनहरूले अष्टोत्तोरशत् १०८ श्रीमद् भागवत पाठ व्यास स्थलसहित बनाइएको बिशेष परिक्रमास्थल परिक्रमा गर्दै सत्संग र धार्मिक प्रवचनहरू श्रवण गर्दै शत्बीज छर्ने उहाँको भनाई छ ।
बालाचतुर्दशी महोत्सवमा विभिन्न संस्थाहरूले भक्तजनहरूको सेवा गर्न निशुल्क पानी, चिया, तथा प्रसाद वितरणका स्टलहरू राखेको साथै, आयोजकले सबै भक्तजनका लागि महाप्रसादको रूपमा खिचडी वितरण गर्ने तयारी गरेको खाद्य व्यवस्थापन संयोजक दीपक तामाङले जानकारी दिनुभएको हो ।
गत वर्षको तुलनामा यसपटक दोब्बर भक्तजन उपस्थित हुने भएकाले महोत्सवलाई व्यवस्थित गर्न सुरक्षा, यातायात, र सरसफाइ व्यवस्थामा विशेष ध्यान दिइएको धाम समितिका अध्यक्ष नवीन गट्टानीले बताउनुभएको छ।

अर्जुनधारामा यस पटकको बाला चतुर्दशी विशेष महोत्सवलाई झन् आकर्षक बनाउन धार्मिक स्थल र परिक्रमा मार्गभर बिजुली बत्तीले विशेष सजावट गरिएको उनको भनाई छ। मुख्य मन्दिर परिसर, परिक्रमा मार्ग, र सभा स्थललाई विभिन्न रंगीन बत्तीले झिलिमिली बनाइएको ,मन्दिरको मूल भवनमा एलइडी बत्तीको प्रयोग गरी कलात्मक ढंगले झकिझकाउ बनाइएको उहाँले जानकारी दिनुभएको हो ।

त्यस्तै परिक्रमा गर्न आउने भक्तजनलाई उत्साह प्रदान गर्न मार्गभर झलझली बत्तीको विशेष व्यवस्था गरिएको आयोजकका प्रचार विभाग सयोंजक निरज ओलीले जानकारी दिनुभएको छ।
महायज्ञमा आउने भक्तजनहरूको संख्या दैनिक बृद्धि भइरहेको र उनीहरूलाई धामले खाद्यान्न बितरण र आवासलगायतको सुबिधा उपलब्ध गराइरहेको प्रचारप्रसार संयोजक ओलीको भनाइ छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार