कोशी प्रदेशका केही सहकारी उच्च जोखिममा छन— मन्त्री राम राना, भिडियो सहित

0
SHARES
235
VIEWS

राजकुमार ओली
विर्तामोड

केही सहकारीका कारणले कोशी प्रदेशमा समेत जोखिम बढेको बेलैमा सच्चिन आर्थिक मामिला मन्त्री राम राना मगरले बताउनुभएको छ ।
आज झापाको विर्तामोडमा नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि। एनएमसीको ३२औं वार्षिक साधारणसभा लाइ सम्वोधन गर्नुहुदै मन्त्री रानाले केही अपराधीक समुहहरुले रिन तिर्न पर्दैन भन्दै हिडने गरेकोमा आपत्ति जनाउदै यस्ता अपराधीहरुलाइ समेत सरकारले नछोडने बताउनुभएको छ ।
,

साधरण सभालाइ सम्वोधन गर्नुहुदै सहकारी भित्र अथाह बचत थुप्रिएको तर सही स्थानमा लगानी गर्न नसकिएको र गरिएको लगानी पनि उठाउन नसकिएको कारणले कोशी प्रदेशमा सहकारी भित्र समस्याहरु उत्पन्न भएको राष्टिय सहकारी बैक कोशी का अध्यक्ष महेन्द्र कुमार गिरीले बताउनुभएको हो।

मंसीर २ गते आइतबारबाट सुरु गरिएको इकाइगत सभाहरु धमाधम भइरहेका छन् ।

एन एम सी सहकारीका अध्यक्ष ठाकुर सिवाकोटीको अध्यक्षतामा आयोजना भएको साधरण सभामा उत्कृष्ठ कर्मचारी,व्यावसायी तथा सेवानिवृत कर्मचारीालाइ सम्मानित गरिएको थियो ।एन एम सि सहकारीको वार्षिक साधारण सभा मापदण्ड अनुसार संस्थाका ७ वटा क्षेत्रलाई सातवटा इकाई मानेर सेवा केन्द्रस्तरमा एउटै कार्यसूचिमा उपइकाइगत साधारणसभा आयोजना गरि आज शनिवार विर्तामोडमा ३२ औ साधरण सभा तथा माइन्युट प्रमाणित भेला आयोजना गरिएको हो ।

पहिलो दिन आइतबार मेची क्षेत्रमा रहेका १० वटा सेवा केन्द्रमा उपइकाइगत साधारणसभा गरिएको थियो भने दोस्रो दिन सोमबार इलाम क्षेत्रका ४ वटा सेवा केन्द्रहरुमा उपइकाइगत साधारणसभा गरिएको थियो ।

बिर्तामोड, शनिश्चरे, खुदुनाबारी, चारपाने, बुट्टाबारी, सैनिकमोड, गरामनी, सैनिकबजार, महानन्दचोक र इलामको दानाबारीमा रहेको सेवा केन्द्रहरुमा उपइकाइगत साधारणसभा सम्पन्न गरिए पछि आज साधरण सभा आयोजना गरि १४ अर्व रुपैयाको कारोवार तथ बासलात सार्वजनिक गरिएको सस्थापक अध्यक्ष रामचन्द्र उप्रेतीले बताउनुभएको हो ।

कार्यक्रममा सेवा केन्द्रस्तरमा आयोजित उपइकाइगत साधारणसभामा सञ्चालक समिति र लेखा सुपरीवेक्षण समितिका पदाधिकारी तथा सदस्यहरु एवम् संस्थाका अधिकृत कर्मचारीहरुबाट वार्षिक प्रतिवेदन प्रस्तुत गरिएको थियो ।

सातवटा इकाइगत साधारणसभाका कार्यक्रमहरु मंसीर ८ गतेसम्म सञ्चालन भई आज मंसीर १५ गते शनिबार बिर्तामोडमा माइन्युट प्रमाणित सभा आयोजना गरिएको कार्यकारी प्रमुख लक्ष्मी उप्रेतीले जानकारी दिनुभएको हो

संस्थापक अध्यक्ष उप्रेतीले समीक्षा अवधिमा एनएमसीको सेयर पूँजी १ अर्ब ४० करोड १९ लाख ७ हजार ५०० रुपैयाँ तथा सेयर सदस्य संख्या १ लाख ६७ हजार ९११ पुर्याइएकोे जानकारी दिनुभएको छ

उप्रेतीका अनुसार संस्थाको निक्षेप बचत मौज्दात १० अर्ब ७१ करोड ४८ लाख ८५ हजार ६१० रुपैयाँ तथा ऋण लगानीमा रहेको रकम १० अर्ब ६६ करोड २ लाख ६१ हजार ६१५ रुपैयाँ पुर्याइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार