काठमाडौं, १४ मंसिर । प्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली बालबालिका भनेपछि हुरूक्कै हुन्छन् ।
बालबालिका पनि ओलीसँग एकदमै छिट्टो घुलमिल हुने गरेका छन् । प्रधानमन्त्री ओली बालबालिका भेट्ने वित्तिकै सुम्सुम्याउने, माया गर्ने, काखमा राख्ने गरिहाल्छन् ।
आज लुम्बिनी पुगेका प्रधानमन्त्री ओलीसँग एक जना बालकसँगै देखिए । उनी उपप्रधानमन्त्री एवं एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेलसहित अन्य नेताहरूको पनि आकर्षणको केन्द्रमा देखिए । यी बालक हुन्- प्रधानमन्त्री ओलीका नाति सम्यकरत्न बज्राचार्य ।
सम्यक प्रधानमन्त्री ओलीका नातेदार एवम् प्रमुख स्वकीय सचिव राजेश बज्राचार्यका छोरा हुन् ।प्रधानमन्त्री ओली सम्यकलाई निकै माया गर्छन् । उनी फुर्सदमा सम्यकसँग खेलिरहेका हुन्छन् ।
Discussion about this post