२०७९ सालमा कांग्रेसबाट बागी उठेका लक्ष्मीप्रसाद ओलीले पुनः कन्काई ६ को वडा अध्यक्षको पद हात पारेका छन्।
२०७४ सालमा कन्काई नगरपालिका वडा नम्बर ६ को वडाध्यक्ष मा विजय भएका ओली ७९ सालको निर्वाचनमा कांग्रेसले उम्मेद्वारी नदिएपछि बागी उम्मेदवार हुँदै एमालेका थापा सँग झिनो मतान्तरबाट पराजय भएका थिए। तर थापाको निधनपछिको कन्काई नगरपालिका वडा नम्बर ६ मा पुनः उम्मेदवारी दिएका स्वतन्त्र उम्मेदवार लक्ष्मीप्रसाद ओली निर्वाचित भएका हुन्।
चापाकल चुनाव चिह्न लिएर उपनिर्वाचनमा सहभागी भएका उनी ४ सय ९३ मतसहित विजयी भएका हुन् ।
उनका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार तुलाराम बस्नेतले ३ सय ५६ मत प्राप्त गरेका छन् ।
त्यस्तै, नेपाली कांग्रेसका रामगोपाल ओलीले ३ सय १७ र माओवादी केन्द्रका गणेशबहादुर थापाले २ सय ७७ मत पाएका छन् ।
Discussion about this post