मेचीनगरका लिम्बुको रसियामा हत्या

0
SHARES
15
VIEWS

राजकुमार ओली बिर्तामोड झापा
झापा मेचीनगरका बिमल लिम्बुको रसियामा हत्या भएको छ।
मेचीनगर नगरपालिका १० निवासी बिमल लिम्बुको रसियन सेनामा रहेको अवस्थामा विद्रोही पक्षबाट गोली लागेर मृत्यु भएको परराष्ट्र मन्त्रालयले पूर्व खबरलाई बताएको छ ।
मेचीनगर नगरपालिका साविक वार्ड नम्बर १ हाल मेचीनगर १० निवासी पदमलाल लिम्बुका छोरा बिमल लिम्बुको मृत्यु भएको मेचीनगर नगरपालिकाकी अधिकृत सरस्वती मिश्र ओलीले जानकारी दिनुभएको छ।

लिम्बू को पहिचान भने खुल्न बाँकी रहेको र मेचीनगर नगरपालिकाले आफ्नो नागरिकको पहिचान खुलाउन पहल गरिरहेको मेचीनगर १० का वडा अध्यक्ष नारायण खनालले जानकारी दिनुभएको छ।

पछिल्लो समय रसियाको आर्मीमा झापाका धेरै युवाहरु भर्ती भएको र स्थानीय व्यक्तिहरुले नै म्यानपावर मार्फत रसिया पठाउने गरेको स्रोतले बताएको छ।
मृतक लिम्बु कसरी रसिया पुगे भन्ने कुराको जानकारी पहिचान खुलेपछि स्पष्ट हुने र आउने दिनमा यस्ता घटना घट्न नदिनको लागि आफ्नो लागि पर्ने मेचीनगर नगरपालिकाका नगरप्रमुख गोपाल बुढाथोकीले बताउनुभएको छ।

झापाको जिल्ला प्रशासन कार्यालय भद्रपुरले मृतक लिम्बुको सनाखत गर्नको निम्ति पहिचान खुलाउन पहल गरिरहेको र परराष्ट्र मन्त्रालय समेत सहकार्य गरेको बुझिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार