नेपालको घरजग्गा व्यवसाय उच्च जोखिममा _अध्यक्ष लोहनी

राजकुमार ओली बिर्तामोड झापा।

नेपाल जग्गा तथा आवास विकास महासंघका केन्द्रीय अध्यक्ष भेसराज लोहनीले बैंक का कारण आफूहरूको अर्बौँ रुपैयाँको व्यवसायमा जोखिम बढेको बताउनुभएको छ
प्रपर्टी डिलर्स एसोसिएशन अफ नेपालको तेस्रो अधिवेशन लाई सम्बोधन गर्दै अध्यक्ष लोहनीले बैंक र सरकारी नीतिका कारण चोपट समस्या देखिएको बताउनुभएको हो।
अधिवेशनलाई सम्बोधन गर्दै महासंघका उपाध्यक्ष घनश्याम पोखरेलले आफूहरूको व्यवसायप्रति सरकारको नीति नै कमजोरी भएको र आउने दिनमा यस्तो जोखिम अझ उच्च हुने जानकारी दिनुभएको छ।
हिजोको दिनमा सरकारले घरजग्गा आबास कार्यक्रमलाई प्राथमिकता दिनुपर्नेमा त्यसो गर्न नसक्दा बैंक समेत समस्यामा परेको र आफूको व्यवसायमा समेत गम्भीर असर परेको पोखरेलले बताउनुभएको हो।

अबका दिनमा नेपालभरका व्यवसायीहरु एउटै छानोमुनि उपलब्ध भएको अवस्था छ र राज्यले आफ्नो व्यवसायहरूको सम्बोधनलाई व्यवस्था गरिए। महासंघ गम्भीर भएर अघि बढ्ने महासचिव ध्रुव घिमिरेले हिमशिखर टेलिभिजनलाई बताउनुभयो।

झापा शाखाको अधिवेशनको प्रतिवेदन प्रस्तुत गर्दै प्रपर्टी डिलर्सका अध्यक्ष राजकुमार मेवाहाङ राईले पेश गर्दै नेपालका करिब ४० जिल्लाहरूमा शाखा बनाउने लक्ष्यका साथ आफ्नो संस्थाको नाम परिवर्तनका लागि गरेको प्रस्तावमा सवैले तालि बजाएर सहमति गर्नुभएको थियो।

अध्यक्ष राईले देशभर छरिएर रहेका घर जग्गा व्यवसायीहरुको एउटै उदेश्य रहेकाले सवैले साझा नाम राख्ने प्रस्ता पेश गरेपछि सम्पूर्ण व्यवसायीहरुले गोलबद्ध हुने सहमति जनाएका छन्।
देशभरका घर जग्गा ब्यवसायीलाई संगठित गर्दै एउटै उदेश्य भएको नेपाल जग्गा तथा आवास विकास महासंघ निर्माण भएकोले महासंघको निर्देशन अनुसार जिल्लामा रहेका संघहरुको नाम परिवर्तन गरिएको आयोजकले बताएको छ।

प्रपर्टी डिलर्सका अध्यक्ष मेवाहाङ राईको अध्यक्षतामा भएको अधिवेशनमा नेपाल जग्गा तथा आवास बिकास महासंघका अध्यक्ष भेषराज लोहनीको प्रमुख आतिथ्य रहेको थियो । स्वागत उपाध्यक्ष रोशन बोहोराले गरेको कार्यक्रममा प्रमुख अतिथि लोहनी, नेपाल जग्गा तथा आवास बिकास महासंघका उपाध्यक्ष धनश्याम पोखरेल, महासचिव ध्रुव घिमिरे, सचिव रामसुन्टर बके, महासंघ सुनसरीका अध्यक्ष नेत्र चम्लागाईलगायतले आ–आफ्नो धारणा राखेका थिए । कार्यक्रमको सञ्चालन प्रपर्टी डिलर्सका महासचिव डेसर किरण राईले गरेका थिए ।

प्रपर्टी डिलर्स एसोसिएशन अफ नेपाल ( नयाँ नाम ः जग्गा तथा आवास विकास संघ ) को आजको अधिवेशनको बन्दसत्रबाट व्यवसायी महेन्द्र थापाको अध्यक्षतामा नयाँ नेतृत्वसमेत चयन भएको छ।
समितिको वरिष्ठ उपाध्यक्षमा किरण राई उपाध्यक्षमा मानबहादुर लिम्बु टहलदास ओली रहनुभएको छ भने महासचिवमा लाल चन्द सर समाल सचिवमा लक्ष्मी बराल कोषाध्यक्षमा चन्द्र अधिकारी साथै सदस्य नवीन अग्रवाल लीला चम्लागाईं छत्र भेटवाल प्रकाश उप्रेती प्रेम थापा ् बासुदेव उप्रेती ् मनोज प्रसाई रमेश कट्टेल दिपक गिरी नारायण घिमिरे विशाल निरौला कार्यवत कार्की र डिल्ली शिवाकोटी रहनुभएको छ।
अध्यक्ष रहेका थापा नेपालकै सफल घरजग्गा व्यवसायी हुन् भने नेपालको आर्थिक क्षेत्रमा ११% लगानी रहेको केन्द्रीय अध्यक्ष लोहनीको दाबी छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array