तपाईंहरुको यो विश्वासले थप आत्मविश्वास बढेको छ…विश्वप्रकाश शर्मा

0
SHARES
4
VIEWS

नेपाली काङ्ग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संसदमा आफ्नो प्रतिनिधित्व व्यक्तिको जीत नभई परिवर्तनका पक्षमा व्यक्त अभिमत भएको बताएका छन् ।

गृहनगर धुलाबारीमा मंगलबार आयोजित अर्जुनदृष्टि अभियानको आभार समारोहमा बोल्दै उनले चुनाव जित्नेहरु मतदाताको प्रतिनिधि पात्रमात्रै भएको स्पष्ट पारे । ‘प्रतिस्पर्धीलाई भन्दा १४-१५ हजार बढी मत दिने व्यक्तिलाई कहिल्यै बिर्सन सकिन्न’ उनले भने, ‘तपाईंहरुको यो विश्वासले थप आत्मविश्वास बढेको छ।’

उनले मतदाता समक्ष गरेका बाचा पूरा गरेरै छाड्ने दृढता व्यक्त गरे। आफू बदलिएको जनादेशको मनोविज्ञानलाई बुझेर अघि बढ्नुपर्ने पक्षमा रहेको बताएका शर्माले केही दिन अघि आफू काठमाडौँ पुगेर त्यसको पेश्की भूमिका निर्बाह गरेको पनि सुनाएका छन् ।

‘लोपोन्मुख तथा अल्पसंख्यक समुदाय, महिला, मजदुर सबै व्यक्तिले देश विकासमा आ–आफ्नो स्थानबाट योगदान गरिरहनु भएको छ’ झापा निर्वाचन क्षेत्र नं. १ का नवनिर्वाचित सांसद शर्माले भने, ‘देश बनाउने काम मन्त्री र प्रधानमन्त्रीको मात्रै होइन, देश बनाउने भूमिका सबैले निर्वाह गरिरहेको हुन्छ।’

उनले देश बनाउने भूमिका प्रधानमन्त्रीलाई दिने पद्धति नै बदल्नु पर्नेमा जोड दिए। भोट दिएर जिम्मेवारी सकिने होइन मतदाता र उपविजेताको काम कहिल्यै नसकिने उनको भनाई छ । ‘सिंहदरबार मात्रै देश होइन, सबै काम र पेशा गर्ने व्यक्ति मिलेर बसेको भूगोल नै देश हो’ शर्माले भने, ‘राष्ट्र निर्माण आमूर्त चिज होइन, विदेशमा रहेकाले कमाएर पठाएको पैसाले देशको अर्थतन्त्रको धुकधुकी बचाएको छ।’

देशलाई जोगाउन काम गर्ने हरेक व्यक्तिलाई आफूले सम्मान गर्न चाहेको शर्माको तर्क छ । ‘प्रेमको विजारोपण झापा १ बाट देशभर पुर्‍याउने योजना रहेको उनले सुनाए । झापा १ मा प्रतिस्पर्धा गरेका सबै उम्मेदवार एक ठाउँमा बसेर राय संकलन गर्ने, त्यही अनुरुप योजना बनाउने र काम गर्दै अघि बढ्ने पक्षमा आफू रहेको उनले बताए ।

‘जनादेशलाई गणितको जोड घटाउले हेर्न हुँदैन, यो देश विकासका लागि घातक हुन्छ’ महामन्त्री शर्माले भने, ‘देश विकासका लागि म नै जरुरी छ भन्ने राजनीतिक संस्कार भत्काउन आवश्यक छ।’

एउटै व्यक्ति पटकपटक प्रधानमन्त्री बन्ने कुराले रुपान्तरण नहुने उनको निष्कर्ष छ । काङ्ग्रेस पार्टी सभापतिका अघि कयौं विकल्प रहेको उनले बताए । देशमा युवा पुस्ताको नेतृत्वका लागि संसदीय दलमा छलफल घनिभूत बनाउने आफ्नो लक्ष्य रहेको उनले सुनाए । आफू सांसद, मन्त्री मात्रै होइन देशको प्रधानमन्त्री बन्ने र विकास गर्ने योजनामा रहेको उनले बताए।

‘राष्ट्रिय मनोबल उँचो बनाउन रुपान्तरित मतको सम्मान गर्नसक्नु पर्छ’ उनले भने, ‘हरेक व्यक्ति हारेको बुझे मात्रै जीतको मनोविज्ञान पैदा हुन्छ।’ उनले देश विकासका लागि वाद र विचार भन्दा माथि उठेर समृद्धिको साझा खाका बनाउन जरुरी भएको औँल्याए। निर्वाचनमा सबैको साथ र पूर्ण सहयोग रहेको बताएका उनले विश्वप्रकाश पर्दाको साथी भएको विश्वास दिलाए।sajhananchbata

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार