झापाको मेचीनगर नगरपालिकामा यहि पुष १ गतेबाट अपाङ्गता भएका व्यक्तिहरुको लागि स्वास्थ्य परीक्षण,आवश्यकता पहिचान तथा परिचयपत्र वितरण शिविर सञ्चालन हुने भएको छ ।
अपाङ्गता भएका व्यक्तिलाई लक्षित गरि प्रत्येक वडामा शिविर संचालन गर्न लागिएको हो । पुष १ गते वडा नम्बर १ बाट सुरु हुने शिविरमा विशेषज्ञ चिकित्सक द्घारा स्वास्थ परिक्षण गरिनेछ । आवश्यकता पहिचान तथा अपाङ्गता परिचयपत्र वितरणको काम पनि शिविर मार्फत गरिने मेचीनगर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत अग्नी प्रसाद अधिकारीले जानकारी दिनुभयो ।
पुष १ गते वडा नम्बर १ को वडा कार्यलयबाट सुरु हुने शिविर १५ गते वडा नम्बर १५ मा पुगेर सम्पन्न हुनेछ । सबै वडामा वडा कार्यलयमानै शिविर सञ्चालन हुनेछ भने वडा नम्बर ५मा भने वडाको स्वास्थ चौकीमा शिविर सञ्चालन गरिनेछ । नगरले आवश्यक कागजातको साथमा उपस्थित भएर आ आफनो वडामा सञ्चालन हुन लागेको शिविरमा उपस्थित हुन अपाङ्गता भएका व्यक्तिहरुलाई आग्रह गरेको छ ।
मेचीनगर नगरपालिका,कोशी प्रदेशको सामाजिक विकास मन्त्रालय र करुणा फाउन्डेसन नेपालको त्रिपक्षीय लागत साक्षेदारी तथा राष्ट्रिय अपाङ्गता महासंघ नेपालको प्राविधिक सहयोगमा यो कार्यक्रम सञ्चालन हुन लागेको हो ।