झापाकै उत्कृष्ट सेवा गर्दै आएको वीरता लेडी जेसीजभित्रको विवाद चुलिँदै गएको छ । पछिल्लो पटक सन २०२५ का लागि भएको निर्वाचनमा मतदान नभई मत संख्या उल्लेख भएपछि विवाद सार्वजनिक भएको हो ।
पछिल्लो पटक मंसिर ३० गतेका लागि तोकिएको २१औँ साधारण सभा तथा २०औँ शाखा अधिवेशनमा मतदान नै नभई निर्वाचन समितिले मत संख्या उल्लेख गरी विजेताहरुको नामावली घोषणा गरेपछि विवाद उत्कर्षमा पुगेको हो।
अध्यक्ष पदका लागि झुमा भट्टराई चुडाल र निशा शाक्यको उम्मेदवारी परेको थियो । निर्वाचनको दिन मनोनयन पत्रमा चुडालले आफ्नो उम्मेदवारी फिर्ता भएको भनि हस्ताक्षर गरेकी थिइन् तर निर्वाचन समितिले कुल मतदाता संख्याले नै निशा शाक्यको पक्षमा मत दिएको र चुडालको पक्षमा शुन्य मत झरेको भनी माइन्युट लेखेपछि विवाद अदालतसम्म जाने अवस्थामा पुगेको हो ।
1734351179_full
सोमबार लेडी जेसीजको सचिवालयमा पत्रकार सम्मेलन गरेर झुमा भट्टराई चुडालले आफुले उम्मेदवारी फिर्ता लिइसकेको र मतदान नै नभई ८२ जना मतदाताको सबै मत शाक्यको पक्षमा र आफ्नो पक्षमा शुन्य मत झरेको भनी आफ्नो बेइज्जत गर्ने मनशायले माइन्युट लेखेबाट आफ्नो मानहानी भएको गुनासो गरिन् ।
सन् २०११ देखि आफु वीरता लेडी जेसीजमा आवद्ध भएको र उमेरका हिसाबले अध्यक्ष पदका लागि यो आफ्नो अन्तिम बर्ष भएका कारण विगतका बर्षदेखि नै सन् २०२५ का लागि आफुलाई अध्यक्ष बनाउने पूर्व अध्यक्षहरुसँग मौखिक सहमति भएतापनि अन्तिम अवस्थामा आएर निर्वाचन गराउने अवस्था बनेपछि आफुले उम्मेदवारी फिर्ता लिएको बताइन् ।