पूर्व राजाका चिया बगानका मजदुरको बिचल्ली बनाउँदै

दमकका चिया मजदुरको बिचल्ली हुने भएको छ।
दमकमा रहेको एकमात्र चियावगान ले मजदुरलाई घर छोड्न आदेश गरेपछि चिया बगानका परिवार र मजदुरको परिवारको बिचल्ली हुने भएको हो। दमकको हिमालय महालक्ष्मी टि गार्डेन एन्ड फार्मिङ प्रालिले मजदुरहरूलाई ‘घर खाली गर्नू’ भनी पत्राचार गर्न थालेपछि चिया मजदुरका समस्याहरु बाहिर आएका हुन्।
विगत ६५ वर्षदेखि बगानमा काम गर्दै आएका मजदुर परिवारको पूर्व राजा ज्ञानेन्द्र शाहको कर्मचारीबाट घर खाली गर्न भनेपछि उनीहरु को चिन्ता बढेको हो

पूर्वराजाको चिया उद्योगको व्यवस्थापन सोल्टी समूहले हेरिरहेको छ । तर, व्यवस्थापनले सेवानिवृत्त कर्मचारी र मजदुरका नाममा पत्र पठाउँदै घर खाली गर्न निर्देशन दिएपछि मजदुरहरू ‘बिचल्ली हुने हो कि’ भनेर सशंकित छन् ।

हिमालय टी गार्डेनमा २०१८ सालदेखि मजदुरी गरेकाहरूका छोरानातिको जीवन आधा भइसकेको मजदुर नेता तथा दमक ९ का वडा सदस्य नरेश सुनुवारले बताए ।

पहिलेका निर्देशकले यही बस्नु भनेका थिए । हालका व्यवस्थापनले हट्नुस भन्दै पत्राचार गरेको उनले सुनाए ।

पूर्वपश्चिम राजमार्गको उत्तरतर्फ पीपल बस्ती र दक्षिणतर्फको गणेश टोलमा बगानमा काम गरेर ‘रिटायर्ड’ भएका बढीमा २० सहित ११८ घरधुरीको बसोबास छ ।

बगानले नै उपलब्ध गराएको जमिनमा उनीहरूले घर बनाएका छन् । ती बस्ती दमक वडा नम्बर ४ र ९ मा अवस्थित छन् ।

मजदुर नेता सुनुवारका अनुसार केही समयअघि युनियनको कार्यालय खोल्दासमेत विवाद हुन पुग्यो । व्यवस्थापनले अवरोध गरेपछि मजदुरले विरोध गरे ।

बगान व्यवस्थापनले बस्ती भएको ठाउँमा स्थानीय सरकारका तर्फबाट ल्याइएका विकासका योजनामा समेत अवरोध गरिरहेको छ ।

सामुदायिक भवन निर्माण गर्न विनियोजन गरेको बजेट काम गर्न नदिइएपछि ‘फ्रिज’ हुन पुग्यो ।

गत साउनमा बेलडाँगी खानेपानी तथा सरसफाई उपभोक्ता समितिले दमक–४ मा अवस्थित बस्तीमा खानेपानी विस्तार गर्न पाइप जडानको काम सुरु गरेको थियो ।

तर, बगान व्यवस्थापनले रोकिदियो । बेलडाँगी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अनुसार बगान व्यवस्थापनले ‘अस्थायी बस्तीमा खानेपानीको पाइप विस्तार गरिरहन आवश्यक नभएको’ दलिल पेश गरेको थियो ।

यो टि गार्डेनको नाममा दमकमा करिब ६ सय बिघा जग्गा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array