पोखरेलपत्नी अञ्जलासहित २५ विरुद्ध पक्राउ पुर्जी
उमागौरी कृषि सहकारी ठगी कसुरमा सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलपत्नी अञ्जला कोइरालासहित २५ जनाविरुद्ध जिल्ला अदालत मोरङले पक्राउ पुर्जी जारी गरेको छ ।

एक महिनादेखि इलाका प्रहरी रंगेलीले अनुसन्धान गरेर बुझाएको अभियोग प्रतिवेदनउपर अभियोजन गरेर सरकारी वकिलको कार्यालय मोरङले सहकारीको रकम हिनामिना कसुरमा अध्यक्ष शम्भु रौनियारसहित २६ जनाविरुद्ध मुद्दा दर्ता गरेपछि अदालतले मंगलबार पूर्वसञ्चालक कोइरालासहित २५ जनाविरुद्ध ३५ दिने पक्राउ पुर्जी जारी गरेको हो ।

मुद्दा दर्ता भएका २६ मध्ये सञ्चालक समिति सदस्य रोशन राजवंशी पक्राउ परेका छन् । अदालतबाट पक्राउ पुर्जी जारी भएपछि सबैजना फरार छन् । onlinebata

Leave a Reply

Your email address will not be published. Required fields are marked *