शुक्रबार बेलुका मेडिकल व्यवसायी दुर्गा प्रसाई रिहा भएका छन्।
सर्वोच्च अदालतको आदेशपछि रिहा भएका झापाको बिएनसी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाई रिहा हुनुभएको हो। लामो समयदेखि प्रहरी हिरासतमा रहेका प्रसाई आज शुक्रबार रिहा भएपछि उनले भने म डगमगाएको छैन।
। सर्वोच्च अदालतको आदेशपछि शुक्रबार साँझ उनी केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को हिरासतबाट रिहा भएका हुन् ।
रिहा भएसँगै उनले सञ्चारकर्मीसँग भनेका छन्, ‘अदालतले मलाई न्याय दिएको छ । सम्पूर्ण साइबर परिवारलाई धन्यवाद ।’ उनले आफू हिरासतमा हुँदा प्रहरीले परिवारको व्यवहार गरेको पनि बताए ।
साथै, उनले तस्करहरूविरुद्धको लडाइँ अझै जारी राख्ने बताए । ‘तस्करहरूसँगको लडाइँबाट म भाग्दिनँ । जुन बोली कम्युनिस्टहरूले बोल्ने बोली मैले बोल्नुपर्यो,’ प्रसाईंले भने ।
उनलाई सञ्चारकर्मीले आज कमजोर देखिनुहुन्छ ? भन्दै प्रश्न गरेका थिए । जवाफमा भनेका छन्, ‘छाल आउने बेलामा समुन्द्र पनि शान्त हुन्छ । त्यस्तै भएको हो । तस्करहरूसँग लडाइँ हो, त्यो जारी हुन्छ । प्रहरी कस्टडीमा जुन व्यवहार भयो त्यो राम्रो भयो ।’
उनले भनेका छन्, ‘म हारेको छैन । यो मैले जितेको हो ।’ प्रसाईंलाई साइबर अपराधको कसुरमा उनको भक्तपुरस्थित निवासबाट पक्राउ गरिएको थियो ।
साइबरको कसुरमा ४० हजार रुपैयाँ धरौटीमा छुटेलगत्तै उनी आपराधिक लाभ र संगठित अपराधको कसुरमा पक्राउ परेका थिए ।
व्यवसायीलाई धम्क्याएको आरोपमा प्रसाईं र उनका सहयोगीमाथि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले अनुसन्धान गरिरहेको छ ।